सालिक अनावरण राष्ट्रपति पौडेलद्वारा

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका– ४ मा निर्मित पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका– ५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको हो । सालिक अनावरण गर्नुहुँदै राष्ट्रपति पौडेलले सहिद एवम् पूर्वनेता देशका धरोहर हुन् भन्दै उहाँहरुप्रति सबैको श्रद्धाभाव हृुनुपर्ने बताउनुभयो । उहाँहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उहाँहरुले देखाउनुभएको बाटोमा सधैं हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...