बीएस्सी र पीसीएल नर्सिङको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण

Published on

काठमाडौं । नेपाल नर्सिङ परिषद्ले सञ्चालन गरेको पीसीएल र बीएस्सी नर्सिङतर्फको नाम दर्ता ९लाइसेन्स० परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परिषद्ले शनिबार सञ्चालन गरेको लाइसेन्स परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। परिषद्की रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएलतर्फ परीक्षामा सहभागी भएका चार हजार ५६७ सहभागी भएका थिए जसमध्ये तीन हजार २५५ जना अर्थात् ७१।२७ प्रतिशत उत्तीर्ण भएका छन्।यस्तै, बीएस्सी नर्सिङतर्फ ४४५ जना विद्यार्थी सहभागी भएकोमा २६८ जना अर्थात ६०।२२ प्रतिशत उत्तीर्ण भएका छन्। उहाँका अनुसार दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०।२९ छ।

परिषद्ले लिएको यो पीसीएलतर्फको ३५ औं नाम दर्ता परीक्षा हो भने बीएस्सीतर्फ पाँचौं नाम दर्ता प्रमाणपत्र परीक्षा हो।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...