सिटी एफए कपको सेमिफाइनलमा

Published on

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा अर्को प्रिमियर लिग टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो ।

सिटीको जितमा दुवै गोल पोर्चुगलका खेलाडी बर्नाडो सिल्भाले गर्नुभयो । उहाँले १३औँ र ३१औँ मिनेटमा गोल गर्नुभयो । दोस्रो हाफमा सिटीलाई कडा टक्कर दिएपनि गोल फर्काउन सकेन । यस्तै अर्को खेलमा च्याम्पियनसिप क्लब कोभेन्ट्री सिटीले वल्भ्सलाई ३–२ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । कोभेन्ट्री ले खेलको अन्तिममा लगातार दुई गोल गर्दै जित निकालेको हो । कोभेन्ट्रीको जितमा इलिस सिम्सले दुई तथा हाजी राइटले एक गोल गर्नुभयो । वल्भ्सका रायन एइट नोउरी र ह्युगो बुएनोले गोल गर्नुभयो । एजेन्सी

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...