जग्गाको धनीपुर्जा लिन अनिच्छुक

Published on

काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बसोबासीका लागि जग्गा धनीपुर्जा वितरण कार्यक्रम आयोजना गर्‍यो । आयोगले करिब एक सय जग्गा धनीपुर्जा वितरणको तयारी गरे पनि राजस्व बढी भएको भन्दै १५ जना अव्यवस्थित बसोबासीले मात्रै राजस्व बुझाएर जग्गाधनी लालपुर्जा लिएका छन् ।

राष्ट्रिय भूमि आयोगले जग्गा नापजाँच गरी अव्यवस्थित जग्गाको पुर्जा तयार गरिरहेको छ तर पुर्जा लिने अव्यवस्थित बसोबासीले पुर्जा लिन रुचि नै नदेखाएको पाइएको छ । भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले अव्यवस्थित जग्गाको पुर्जा धमाधम तयार भइरहेको बताउनुभयो तर पुर्जा लिन भने जग्गाधनीहरूले अनिच्छा देखाएको जानकारी उहाँले दिनुभयो । शुद्धोधन गाउँपालिकाका प्रवक्ता केशवप्रसाद अधिकारीले करिब एक सय पुर्जा वितरणको कार्यक्रम रहे पनि मुस्किलले १५ जनाले पुर्जा लिएको बताउनुभयो । उहाँका अनुसार पुर्जा लिनेले न्यूनतम ५० हजारदेखि तीन लाखसम्म राजस्व बुझाउनुपर्ने हुन्छ । यस्तै समस्या रुपन्देहीको देवदह–९ को कालिकाटोलमा पनि देखिएको छ । आयोग पुर्जा वितरण गर्न जाँदा कोही नआएको आयोगका रुपन्देही अध्यक्ष क्षेत्रीले बताउनुभयो । रुपन्देहीका १६ पालिकामध्ये आठ वटा पुर्जा वितरण गर्न सक्ने अवस्थामा पुगेका छन् ।

बुटवल, कञ्चन, सैनामैना, देवदह, तिलोत्तमा, शुद्धोधन, सियारीलगायतका स्थानमा पुर्जा वितरणको तयारी भइरहेको जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईले राजस्व घटाउन नमिल्दा अव्यवस्थित जग्गाको राजस्वकै कारण समस्या परेको बताउनुभयो । आयोगका रुपन्देही सदस्य बद्रे आलमले राजस्व घटाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराएको बताउँदै राजस्व नघटेमा तयार भएको पुर्जा लिन जग्गाधनी नै नआउने अवस्था रहेको बताउनुभयो । जिल्ला भूमि आयोगले ३५ हजार पुर्जा तयार गरेको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...