महोत्सवको आयोजना भक्तपुरमा

Published on

काठमाडौं । नयाँ वर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव(२०७०र८१’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्न लागेको महोत्सव यही चैत २२ देखि आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।

उपभोक्तालाई एकै स्थानमा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागिएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष महतले बताउनुभयो । एक सय ५१ भन्दा बढी प्रदर्शनी कक्ष रहने महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेकट्रोनिक्स सामान आदिका कक्ष रहने उहाँले बताउनुभयो । संस्थाको आयोजना एवम् मध्यपुर ब्वाइज ब्याण्डकोे समन्वयमा सल्लाघारीस्थित नेपाल ट्रष्टको चौरमा १२ दिने महोत्सवको आयोजना हुने मेला संयोजक दीपक थापाले जानकारी दिनुभयो । मेलामा कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, पर्यटन प्रवद्र्धन गर्ने कक्ष रहने जानकारी दिँदै उहाँले बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउनुभयो । करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र करिब १० देखि १२ करोडको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

महोत्सवमा बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौँ राष्ट्रियस्तरका कलाकारको साङ्गीतिक र हास्यव्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुति रहने छन् । हरेक दिन ब्यान्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि(बोइङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिने भएको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत आसपासका जिल्लाका बासिन्दाले महोत्सवबाट लाभ लिन सक्ने छन् ।रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...