न्यु डायमन्ड सेमिफाइनलमा एनभिए भलिबल

Published on

काठमाडौं । न्यु डायमन्ड स्पोर्ट्स क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको बुधबार भएको खेलमा न्यु डायमन्डले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । न्यु डायमन्डले मधेशमाथि २५–१०, २५–६, २५–८ को सहज जित निकालेको थियो । यससँगै महिलातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा न्युडायमन्डले एभरेष्ट भलिबल क्लब तथा नेपाल फुलिसले एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बुधबारनै भएको खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । पुलिसले आर्मीमाथि २५–८, २५–७, २५–२ को जित निकालेको हो ।

नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...