सत्ता समीकरण निर्वाचनसम्म जान्छ महासचिव पोखरेलको भनाई

Published on

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिलेको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म जाने बताउनुभएको छ। बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु भएको नेकपा (एमाले) सुर्खेतको नवौं अधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै उहाँले बदलिएको राजनीतिक समीकरण अनुसार मुलुकमा स्थायित्व सिर्जना गर्नुपर्ने बताउनुभयो।

अस्थिरताको दोषी नेपाली कांग्रेस भएको टिप्पणी गर्नुभयो। वामपन्थी आन्दोलनप्रतिको चिन्ता र सुशासनका प्रश्नमा कांग्रेससँगको गठबन्धन सहज बन्न सकेन भन्ने प्रधानमन्त्रीले आत्मालोचना गरेपछि एमाले सम्बद्ध नयाँ समीकरण बनेको बताउनुभयो। स्वार्थ आधारित गठबन्धन, मोर्चाका कारणले जनताको अभिमत प्रस्ट हुन नसकेको बताउनुभयो। जनताले सर्वाधिक लोकप्रिय बनाए पनि पार्टीले देशको नेतृत्व लिन पाएको छैन। यसर्थ, लोकतन्त्रमा जनताको रोजाइले शासन चलाउन नपाएको स्पष्ट पार्नुभयो।

कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले नै पाउनुपर्ने बताउनुभयो। अब गठन हुने प्रदेश सरकारमा भागबण्डा हुँदा कर्णालीको नेतृत्व एमाले नै लिनुपर्ने उहाँको भनाइ छ। एमाले सुर्खेतको अधिवेशन बिहीबार सुरु भएको हो। यो अधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुनेछ। अधिवेशनमा ४९५ जना प्रतिनिधि सहभागी छन्। यीमध्ये सल्लाहकार २५, जनवर्गीय सङ्गठन ४२, आयोजक कमिटी १२७, दलित समावेशी क्लस्टर ६९, अन्य क्लस्टर २३२ प्रतिनिधि रहनुभएको छ। अधिवेशन शनिबारसम्म जारी हुनेछ। गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...