चार हजार १२४ जना विद्यार्थीले एसईई दिंदै

Published on

काठमाडौं । स्याङ्जामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार १२४ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।

चैत १५ गतेबाट सुरु हुने एसईई परीक्षामा स्याङ्जाबाट साधारणतर्फ नियमित तीन हजार ९०८ जना, प्राविधिकतर्फ १५६ जना, ग्रेड वृद्धितर्फ ६० जना गरी चार हजार १२४ जना परीक्षार्थीले एसईई दिने भएका हुन् । जिल्ला शिक्षा एकाइको कार्यालय स्याङ्जाका शाखा अधिकृत सुरेश सुवेदीले २६ वटा परीक्षा केन्द्र तोकिएको बतााउनुभयो । एक सयभन्दा कम विद्यार्थी हुने आठ वटा केन्द्रलाई यस पटक हटाइएको सुवेदीले बताउनुभयो । यसअघि यहाँ ३४ वटा केन्द्र थिए । परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रअ वा प्रअले खटाएका व्यक्ति नै सम्बन्धित परीक्षा केन्द्रको केन्द्राध्यक्ष हुनेछन् । एसईई परीक्षा नजिकै आउँदा उत्तरपुस्तिका सबै पालिकामा पुर्‍याउने काम तीव्र पारिएको छ ।

११ पालिका रहेको स्याङ्जामा पुतलीबजार नगरपालिका, बिरुवा, हरिनास गाउँपालिकामा उत्तरपुस्तिका पुगिसकेको छ भने अन्य पालिकामा पनि उत्तरपुस्तिका पुर्‍याउने काममा कार्यालय जुटेको छ । भौगोलिक रुपमा टाढा रहेका पालिकामा प्रश्नपत्र र उत्तरपुस्तिका सँगै पठाउने तयारी गरिएको कार्यालयले जनाएको छ । प्रश्नपत्र सम्बन्धित प्रहरी चौकीमा प्रहरीकै निगरानीमा पठाइनेछ । एक परीक्षा केन्द्रमा चार जनाको दरले सुरक्षाकर्मी परिचालित हुने बताइएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...