साहित्यमा परशु प्रधानको योगदान सधैं सम्झिनेछौँ राष्ट्रपति पौडेलको भनाई

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार परशु प्रधानले नेपाली साहित्यको उत्थान र विकासमा पुर्‍याउनुभएको योगदान नेपाल र नेपाली साहित्य क्षेत्रले सधैँ सम्झिरहने बताउनुभएको छ।

साहित्यकार प्रधानको निधनमा परिवारजनलाई बिहीबार एक समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले मूर्धन्य साहित्यकार प्रधानको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गर्नुभएको छ। “कथालेखनमा केन्द्रित रहे पनि साहित्यका विभिन्न विधामा कलम चलाउनुभएका सिद्वहस्त आख्यानकार प्रधानले कथा, बालकथा, निबन्ध, समीक्षा, समालोचनाबाट नेपाली साहित्यको उत्थान र विकासमा पुर्‍याउनुभएको योगदान नेपाली साहित्य क्षेत्रले सधैँ सम्झिरहनेछ”, समवेदना सन्देशमा उल्लेख छ। विभिन्न भाषामा पनि आफ्ना रचना प्रकाशित गर्नुभएका प्रधानको निधनबाट नेपाली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको आफूले महसुस गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ। उहाँले स्वर्गीय प्रधानको आत्माको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।

समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानका परिवारजनलाई निवासमा पुगेर हस्तान्तरण गर्नुभएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...