हिउँ पानी पर्दा खुसी भए कृषकहरु

Published on

काठमाडौं । पाँचथरको फिदिम–१० का किसान वीरमान लिम्बु बिहीबार निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो हुने चिन्तामा रहेका लिम्बुले पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।

‘यो बेलासम्म मकै उम्रिइसक्नु पर्थ्यो, असोजदेखि पानी नपर्दा बाँझो खेत जोत्नै पाइएन, अब कम्मर कसेर काममा लाग्न पाइने भो’ लिम्बूले भन्नुभयो । यो सिजनमा पानी पर्दा मकै छर्न, चैते धान रोप्न र यसअघि लगाइएका गहुँ र आलु बालीलाई फाइदा पुग्ने उहाँको भनाइ छ । वीरमानजस्तै फालेलुङ–५ का चौंरीपालक चन्द्रलाल नेपाल पनि खुसी मुद्रामा देखिनुभयो । सिजनमा पहिलो पटक हिउँ परेकाले प्रकृति, मान्छे र जनावर सबैलाई न्याय भएको उहाँको टिप्पणी छ । ‘मान्छेलाई शीतल त भयो नै पानी नपर्दा लागिरहेको डढेलो र आगलागी पनि नियन्त्रणमा आयो, वसन्तको सुरुवातमा परेको पानीले गुराँस राम्ररी फुल्छ, खर्कमा घाँस पलाउँछ अनि सबैखाले रुख बुट्टामा पालुवा पलाउँछन्’ नेपालले थप्नुभयो ।

पाँचथर सहित पहाडी जिल्लामा यो वर्ष पहिलो पटक पानी परेको छ । बुधबार बिहानदेखि सुरु भएका वर्षा र हिमपात बिहीबार अपराह्नसम्म जारी छ । पानी परेपछि धुवाँ र धुलोसहितका प्रदूषण कम हुन थालेको छ । जिल्लाको फालेलुङ गाउँपालिका –४, ५ र ६ का उच्च पहाडी तथा हिमाली भेगमा तीन फिटसम्म हिउँ परेको चाररातेका डिल्ली केरुङले बताउनुभयो । असोज पहिलो साता मनसुन निष्क्रिय भएसँगै निरन्तरको खडेरी पश्चात् पानी पर्दा किसान खुसी भएका छन् । जिल्लाको फालेलुङस्थित सुर्केथाम, चारराते, फालौट, इलाम र पाँचथरको सीमावर्ती सन्दकपुर तथा सिक्किमसँगको सीमावर्ती पाँचथरस्थित चिवा भन्ज्याङ क्षेत्रमा बुधबार बिहानैदेखि हिउँ परिरहेको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...