इजरायली आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु

Published on

काठमाडौं । उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा रहेको एउटा गाडीमा इजरायली हवाई हमलामा बुधबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अधिकारी महमूद अल–सादीले उद्धार टोलीले गाडीबाट तीन युवाको शव निकालेको थियो बताउनु भयो ।

प्यालेस्टिनी स्रोतहरूले ड्रोनले गाडीलाई निशाना बनाएको थियो । यसैबिच इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो कि यसले जेनिनमा एउटा कारमा चार प्यालेस्टिनी लडाकुहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । जसमध्ये दुई वरिष्ठ इस्लामिक जिहाद सदस्यहरू थिए । सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...