परम्परागत होली फाग मा रमाउँदै युवाहरु

Published on

काठमाडौं । समयको परिवर्तनसँगै होली अर्थात् फागु पर्वमा विभिन्न विकृति बढ्दै गए पनि सुदूरपश्चिमको परम्परागत होली (फाग) भने सभ्य र भव्य रूपमा मनाइँदै आएको छ । यस प्रदेशको पहाडी जिल्लामा मात्र नभई तराईका कैलाली र कञ्चनपुरमा परम्परागत ढङ्गले होली मनाइँदै आएको छ ।

कैलालीको लम्कीचुहा, टीकापुर, गौरीगङ्गा, गोदावरी, घोडाघोडीलगायत विभिन्न नगरपालिका, पहाडी जिल्ला अछाम, बाजुरा, बैतडी, डडेलधुरा, दार्चुला, डोटीलगायतबाट बसाइँ सरेर आएका स्थानीयले पहाडमा मनाउने गरेको होली पर्वलाई तराईमा पनि मनाउन थालेका हुन् । होली पर्वको छुट्टै विशिष्ठ सांस्कृतिक महत्व रहेको जान्ने बुझ्ने बताउँछन् । घोडाघोडी नगरपालिका–३, निम्दीका गणेश विष्ट बैतडीबाट बसाइँ सरेर आउनु्भएको हो  । उहाँले पहाडमा १५ दिनसम्म होली पर्व फागु खेलेर मनाएको स्मरण गर्दै तराईमा सोही अनुसार मनाउने गरेको बताउनुहुन्छ । आफू जस्तै मन मिल्ने साथीभाइसँग फागु खेलेको स्मरण गराउँदै उहाँले फागु पर्वको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्व अविच्छिन्न रहेको बताउनुभयो । धन, पद, प्रतिष्ठाको अनि क्रोध, लोभको प्रतीक हिरण्यकशिपुले सात्त्विक प्रतीक प्रह्लादको अन्त्य गर्न भरमग्दुर प्रयत्न गरेको किंवदन्ती रहेको छ ।

उहाँ भन्नुहुन्छ, “तर सत्यको विनाश भने हुन नसक्ने देखेपछि अग्निले दहन गर्न नसक्ने दैवीशक्ति लिएर बसेकी आफ्नै बहिनी होलिकाको काखमा राखेर प्रह्लादको अन्त्य गर्ने प्रयास स्वरूप प्रह्लादलाई जलाउन प्रयत्न गरेको घटना आफैँमा मननीय छ  । अन्ततः प्राप्त शक्तिको दुरुपयोग भएकोदेखि अग्निदेवले प्रह्लादको सट्टा होलिकालाई नै दहन गरिदिनुभयो । असत्यको प्रतीक हिरण्यकशिपु र उहाँकी समर्थक होलिका दहनको खुसियालीमा खरानीको टीका लगाई खुसी व्यक्त गर्ने क्रममा फागु खेल्ने परम्परा विकसित हुँदै आएको किंवदन्ती विष्टले सुनाउनुभयो । प्रह्लादलाई बाजागाजासहित रङ्गीन उत्सवका साथ अबिर यात्रा गरिएको संस्मरण स्वरूप फागुपूर्णिमा मनाउने चलनले सबै जनमानसमा एउटा अमिट छाप छोडेको जानकारी पनि उहाँले दिनुभयो । विभिन्न ठाउँ समुदाय अनुसार विभिन्न तरिकाले यो पर्व मनाउने गरिएको छ ।

होली पर्व मनाउनका लागि घोडाघोडीमा विगत केही वर्ष यता समूह बनाएर एउटै पोसाकमा होली ९फाग० खेल्न थालिएको छ । यस वर्षसमेत फाग सुरु गरिएको छ । साथीमाझ एकआपसमा होली खेल्दै गर्दा भेटिनुभएका विष्टले भन्नुभयो “चेलीबेटीले तिजको गीत गाए जस्तै विभिन्न देवीदेवताको कथा वेदना, बिलौना फाग खेलमा समेटिन्छन् ।” एकअर्काप्रति सद्भाव राख्दै चैत १२ गते अनुहारमा रङ दलेर यहाँको होली सकिन्छ । शिवशक्ति गौरीशङ्कर मन्दिर धार्मिक समितिको आयोजनामा सामूहिक रूपमा परम्परागत होली मनाइएको हो । समितिका सचिव जनक धामीले आफू जन्मेको पहाड बैतडीमा सानोमा देखेको होली अहिले तराईमा पनि खेल्न पाउँदा खुसी लागेको बताउनुभयो । धामीले परम्परा संस्कृति जोगाउन युवा जागरुक हुनुपर्ने बताउँदै तराईमा खेलिने उच्छृङ्खल होली आयातित रहेको जानकारी दिनुभयो । यसले केही बेरका लागि मनोरञ्जन त देला तर भावी पुस्ताका लागि आफ्नो संस्कृति नरहने अवस्था हुन्छ ।

बैतडी सुरनयाका सञ्जय कुँवरले पनि तराई झरेको धेरै समयपछि पहाडको होली मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । सभ्य तरिकाले पहाडबाट बसाइँ सरेका साथीभाइ, आफन्तबिच समूहमा फाग खेल्दै होली मनाएको सम्झना आएको उहाँले अनुभव सुनाउनुभयो । पहाडमा १५ दिनसम्म समूहगत रूपमा होली पर्व फाग गाउँदै मनाइने गरे पनि तराईमा एकसाता मनाउने गरिएको छ । सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिका घर घर गई होली खेल्दा स्वैच्छिक सहयोग हुने गर्दछ । सहयोग रकमलाई सामाजिक कार्यमा खर्च गरिने सचिव धामीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...