कृषि उत्पादन खुम्चियो

Published on

काठमाडौं । नुवाकोटमा कृषि उत्पादनमा ह्रास आएको छ । पछिल्लो समय युवा सहज र सुविधायुक्त जीवनयापनको लालसाले बिदेसिने व्रmम बढेसँगै ग्रामीण बस्ती उराठ देखिन थालेको छ । यसका कारण ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने परम्परागत कृषि क्षेत्र खुम्चिनुका साथै खाद्य प्रणालीमा असर परेको छ ।

कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनालले अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रको आकार र उत्पादकत्व खुम्चिँदै गएको बताउनुभयो । निर्वाहमुखी कृषि अन्तर्गत दशकअघिसम्म जिल्लाका पहाडी ग्रामीण भेगमा मौसम तथा हावापानी अनुसार हिउँदे र बर्खे गरी सहजै तीन बाली हुने गरेको थियो । धान, मकै, गहुँ, कोदो र तोरी जस्ता बाली लगाउने गरिन्थ्यो । कृषि उपजलगायत दुग्धजन्य पदार्थ र पशुचौपायाको बिक्री र सञ्चिति नै ग्रामीण अर्थतन्त्रको भरपर्दो आधार भएको स्थानीय विष्णु सापकोटाले बताउनुभयो । यता श्रमशक्ति पलायनले विप्रेषण अर्थात् रेमिट्यान्समा वृद्धि देखिए पनि सामाजिक सद्भाव र सहकार्यसहितको गाउँघरका ऐँचोपैँचो र भारोपर्म जस्ता मौलिक परम्परा पनि मासिएको छ । जसले ग्रामीण पहाडी भेगका निर्वाहमुखी र आत्मनिर्भर कृषि प्रणालीसमेत प्रभावित भएको छ ।

युवा बिदेसिएसँगै उत्पादनमा परोक्ष असरसहित जिल्लाको दिगो र भरपर्दो अर्थतन्त्रमा दूरगामी प्रभाव पारेको अर्थविद् ठाकुर पुडासैनीले बताउनुभयो । अहिले गाउँघरमा श्रमिक तथा युवा जनशक्तिको अभावका कारण ग्रामीण पहाडी भेगका पाखो पखेरो र खेतबारी बाँझिने व्रmम बढ्दै गएको छ । साथै पशुपालन तथा गोठ र भकारोको प्रचलनसमेत हट्दै गएको छ । यसले स्थानीयस्तरमा परनिर्भरता ह्वात्तै बढाएको छ । पशु आहार र मलका रूपमा प्रयोग हुने घाँसपात र भान्सामा प्रयोग हुने दाउरासमेत बारीमा त्यत्तिकै खेर गइरहेको विदुर नगरपालिका–४ का श्रीकृष्ण आचार्यले बताउनुभयो ।

युवा पलायनले अहिले खेतबारी बाँझोका साथै गाउँमा खाने र खर्च गर्ने मुख अर्थात् महिला, बालबालिका र वृद्धवृद्धाको मात्रै उपस्थिति देखिएको छ । विगतमा निर्वाहमुखी खेतीपाती नै ग्रामीण अर्थतन्त्रको आधार जस्तै थिए । उपभोगपछि उब्रिएको अन्नपात र पशुचौपायाको बिक्री र सञ्चितिले नै स्थानीयको गर्जो र अन्य घरखर्च टार्ने माध्यम थिए तर अहिले युवा पलायनले जिल्लामा विप्रेषण बढे पनि यसले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भरताबाट परनिर्भरतातर्फ धकेलेको पुडासैनी बताउनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...