राम्चेवासीले पाए खानेपानी

Published on

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९, राम्चेमा दुई करोड रुपियाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ । उक्त खानेपानी आयोजनाबाट १७० घरधुरी खानेपानी सुविधाबाट लाभान्वित भएका छन् । खानेपानी तथा स्रोत परिचालन व्यवस्थापन समितिका सचिव उद्धवबहादुर तिवारीले बाह्रबिसे नगरपालिकाको सात लाख रुपियाँ र बाँकी खानेपानी तथा ढल विकास कार्यालयको लगानीमा खानेपानी आयोजना सम्पन्न भएको बताउनुभयो । एक लाख ४० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर बाह्रबिसे नगरपालिका वडा नं। ९ सहित बाह्रबिसे बजार क्षेत्रका अधिकांश घरमा खानेपानी पु(याइएको छ ।

भूकम्प र त्यसपछिको परकम्पनले जताततै पानीको मुहान सुकेपछि स्थानीयवासी पानी खोज्दै हिँड्नुपर्ने बाध्यता थियो । भोटेकोशी खोलाको पानी पिउनयोग्य नभएपछि स्थानीय समस्यामा थिए । बाह्रबिसेको शिर पात्लेसिम मुहानबाट पानी ल्याएर दुई किलोमिटर तल ट्याङ्कीलगयातका संरचना बनाइएको छ । पानीकै अभावले खेतीयोग्य जमिनमा खेती हुन नसकेको र खानेपानी पाउनै समस्या भएको बाह्रबिसे नगरपालिका–९, जैसीगाउँकी पदममाया तिमल्सिनाले बताउनुभयो । वडा सदस्यसमेत रहनुभएकी तिमल्सिनाले पानीको अभावले विशेष गरी महिलालाई प्रभावित भएको बताउनुभयो । खानेपानी आयोजनाका अध्यक्ष पहलबहादुर तिमल्सिनाले योजना सम्पन्न भएपछि आफ्नो खेतबारीमा हरियाली फर्किएको बताउनुभयो । “खानेपानी किनेर खानुपर्ने समस्या अबबाट अन्त्य भएको छ, अब पहिले झैँ पानीकै लागि धाउन पर्ने छैन,” उहा“ले भन्नुभयो । खानेपानी ट्याङ्की, कार्यालय भवन निर्माण र बाटोका लागि ११ आना जग्गादान गर्ने स्थानीय पहलबहादुर तिमल्सिना, अर्जुनबहादुर तिमल्सिना, पदमबहादुर तिमल्सिना, अम्मरबहादुर तिमल्सिना र लक्ष्मी तिमल्सिनालाई समितिले सम्मान गरेको छ ।

घर घरमा पानी नारामै सीमित

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४, डँडुवाका दलित समुदायमा पानी ल्याउन ट्याङ्की निर्माण भएको चार वर्ष बिते पनि अहिलेसम्म उनीहरूको घरआँगनमा खानेपानी आइपुगेको छैन । यस गाउँमा पानी नआएपछि घर घरमा पानी पु(याउने सरकारी नारा नारामै सीमित बनेको छ । बस्तीमा वर्षांैदेखि खानेपानी अभावमा स्थानीयको दैनिक जनजीवन कष्टकरसँगै पानीको अभावमा सरसफाइमा कमी हुँदा स्थानीय बासिन्दामा विभिन्न रोगसमेत देखा पर्न थालेको छ । घरनजिकै खानेपानीको ट्याङ्की छ तर पानी नहुँदा ट्याङ्की हुनु र नहुनुको फरक महसुस नभएको स्थानीय ४५ वर्षीया रूपा सार्कीको भनाइ छ । यस्तै अर्की गृहिणी गीता बिसुङ्खेले घरभन्दा एक घण्टा बढीको समय लगाएर ठाँटी र जुकेपँधेरोबाट पानी ल्याउनु परेको पीडा सुनाउनुभयो । त्यसरी ल्याएको पानीले घरधन्दा र चौपायालाई खुवाउनसमेत नपुग्ने उहाँको गुनासो छ । उक्त बस्तीमा रहेको ढुङ्गेधारा र कुवाबाट दुई गाग्री र एक जर्किनमा मात्रै पानी ल्याउनुपर्ने अवस्था छ । स्थानीय सबैले सोही ठाँटी र जुकेपँधेरोबाट पानी लैजान पर्ने भएकाले एक व्यक्तिलाई एक गाग्री र एक जर्किन पानी भागमा पर्ने गरेको छ ।

नगरपालिकाले पाइपबाट वितरण गरेको पानी सो बस्तीमा नपुगेकाले सरकारको घर घरमा पानी पु(याउने नाराले सरकारलाई नै गिज्याइरहेको छ । स्थानीय झम्क सार्कीले बर्खायाममा आकाशबाट परेको पानी र ठाडोखोला, पँधेरोबाट बोकेर ल्याएको पानी हिउँदका लागि ड्रममा हालेर राख्ने गरेको सुनाउनुभयो । “घरमाथि ट्याङ्की छ तर पानी कहिल्यै आउँदैन,” झम्कले पीडा व्यक्त गर्नुभयो । हाँडीखोला बान्द्रे खानेपानी उपभोक्ता समितिले डँडुवामा तीन वटा ट्याङ्की निर्माण गरेको चार वर्षभन्दा बढी समय भइसक्दासमेत नगरपालिकाले बेवास्ता गर्दा पानी आएको छैन । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले डँडुवा बस्तीका दलित र गैरदलित सबै समुदायका घरआँगनमा पानी पु(याउने नगरको योजना छिटै पूरा हुने बताउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...