भेडापालन कुकुरकै भरमा

Published on

काठमाडौं । मुगु जिल्लाका हिमाली क्षेत्रहरूमा भने कुकुरकै भरमा भेडाबाख्रा सुरक्षाको पूरै जिम्मा दिइन्छ । हिमाली भेगका स्थानीय र भोटेजातका कुकुर जङ्गली जनावर स्याल, भालु, चितुवालगायतका जनावरसँग पनि डराउँदैन ।

कुकुरले भेडालाई दिनभर चरन क्षेत्रमा र रातमा गोठमा हेरचाह गर्दछ । कुकुर भएपछि भेडीगोठालाहरु दिनमा र रातिमा ढुक्कसँग बस्ने गर्दछन् । छायाँनाथ रारा नगरपालिका वडा नं ६ को केशिनाथ सहकारीका सदस्य वीरबहादुर ऐडीका अनुसार कुकुर हामी भेडापालक कृषकका लागि सारथि बनाएको छ भेडा हेर्ने जिम्मा कुकुरकै छ, चरन क्षेत्रमा एकजना गोठालो गएपुग्छ । उहाँले भन्नुभयो, ‘‘वन्यजन्तुको आक्रमणबाट र भेडा चोरी सिकारी बाट बचाउनुका साथै साँझ परेपछि गोठसम्म ल्याइपुर्‍याउने काम पनि कुकुरहरूले नै गर्दछन् ।’’ सहकारीका एकसय ७० भेडाबाख्रा वन्यजन्तु बाट बजाउनका लागि दुईवटा भोटे कुकुर छन् । उक्त हेरालु कुकुरलाई ४० हजार रुपियाँमा खरिद गरेर ल्याएको उहाँले बताउनुभयो ।

भेडाको गोठ जङ्गलको बिचमा हुनेभएकाले भेडाबाख्राको सारथि कुकुर नै भएको ऐडीले बताउनुभयो । कुकुर भएपछि राति ढुक्कले निदाउन पाइन्छ ऐडीले भन्नुभयो, ‘‘यहाँ स्याल र वन्यजन्तु गोठमा आए कुकुरले लखेटछन् ।’’ जङ्गली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर भएको स्थानीय भेडापालक किसानहरू बताउँछन् । कुकुरले जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर स्याल, भालु र चितुवा जस्ता जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरूलाई सङ्केत गर्ने काम कुकुरले गर्दछ । गोठमा कुकुर नहुँदा स्याल र जङ्गली जनावरले वर्षमा ३० वटा भेडाबाख्रा मारेको थियो । केसीनाथ कृषि सहकारी अध्यक्ष भुमल बोहराले भन्नुभयो । कुकुरकै कारण भेडाबाख्राको दैनिकी सहज र सुरक्षित भएको उहाँ बताउँछन् । गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जङ्गली जनावरको आक्रमणलाई कुकुरले रोक्छ ।

एउटा कुकुरको मूल्य १५ हजारदेखि २० हजारसम्म पर्ने भेडापालक किसानहरू बताउँछन् । जङ्गली जनावरबाट भेडालाई बचाउन गोठमा कुकुर अनिवार्य हुनुपर्ने बोहरा बताउनुहुन्छ । ‘‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सकिँदैन,जान नसकेको ठाउँमा कुकुर पुग्छन् । दिनभर भेडासँगै जान्छन् र राती आएर भेडालाई सुरक्षा दिन्छन्,’’ उहाँले भन्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...