अर्काे गठबन्धन निर्माण हुने अवस्था छैन

Published on

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ गठबन्धन निर्माण भएसँगै मुलुकमा नयाँ खालको राजनीतिक समीकरण प्रारम्भ भएको बताउनुभएको छ ।

उहाँले अहिलेको सत्ता गठबन्धनलाई देश बनाउने सपनालाई साकार पार्ने महत्वपूर्ण कामको थालनी भएको र यसलाई जोगाएर अगाडि बड्नु सत्ता साझेदार दलको अहिलेको आवश्यकता भएको बताउनुभयो । प्रेस चौतारी नेपाल उदयपुर शाखाले मङ्गलबार गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो।

नेकपा (एमाले) उदयपुरको (औं जिल्ला अधिवेशनको उद्घाटनका लागि यहाँ आइपुग्नु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास र समृद्धिको अभियान बिचैमा अलपत्र भएको अवस्थामा अहिलेको सरकार निर्माण गरिएकोले अब देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने बताउनुभयो । यो कुनै वाम गठबन्धन वा समाजवादी मोर्चा गठन नभएर सरकार निर्माणका लागि मात्र विभिन्न शक्तिबिच गठबन्धन भएको स्पष्ट पार्नुहुँदै नेता पोखरेलले २०८४ सालमा हुने आम निर्वाचनमा नेकपा (एमाले) कुनै दलसँगको गठबन्धन नगरी एक्लै चुनावी मैदानमा जाने र बहुमत ल्याएर एकमना सरकार बनाउने गरी अहिले मिसन २०८४ को लागि आप्नो सङ्गठन सुदृढिकरण अभियानमा होमिएको बताउनुभयो । एउटा गठबन्धन टुटेर अर्को बनेको अहिलेको यो परिस्थितिमा अहिले नै अर्को गठबन्धन निर्माण हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...