४६ बालबन्दीले दिए बाँकेबाट एसइई परीक्षा

Published on

काठमाडौं । विहिबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबन्दीहरु यस पटकको एसइईमा सहभागी भएका हन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरलका अनुसार डुडुवाको जयन्दु बाल सुधारगृहबाट ३४ जना र नौबस्ता बाल सुधारगृहबाट १२ जना बालबन्दी गरेर ४६ जना परीक्षामा सहभागी भएका छन् । सोही प्रकारले नेपालगन्जस्थित बाँके कारगारबाट पनि एक कैदी बन्दीले समेत एसइई दिईरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो। उहाँले बाँकेमा पहिलो दिनको परीक्षा निकै शान्तीपुर्ण र मर्यादित तरिकाले भएको जनाउँदै परीक्षालाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको कडा प्रबन्ध मिलाउनुका साथै अनुगमन र निरिक्षण पनि निरन्तर गरिएको बताउनुभयो ।

परीक्षालाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षाकर्मीको रोहबरमा मात्र प्रश्न पत्र खोलिएको र परीक्षा अवधी भर विद्यार्थि र निरिक्षक दुबैलाई परीक्षास्थलमा मोबाइल प्रयोग गर्न नदिने व्यवस्था मिलाईएको प्रजिअ पोखरेलले बताउनुभयो । बाँके जिल्लामा ३४ वटा परीक्षा केन्द्रमार्फत नौ हजार २९३ जना परीक्षार्थिहरु परीक्षामा सहभागि भएको जनाइएको छ । गोरखापत्र

ताजा समाचार

तराई झरेकाहरुले मनाए भुवा पर्व

काठमाडौँ । कैलालीको घोडाघोडी नगरपालिकामा सोमबार पहिलो पटक भुवा पर्व मनाइएको छ । सुदूरपश्चिम...

प्रणाली सुधारका लागि तीन तहको समन्वय शिक्षा : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र...

मनाङमा मनाइयो तमू ल्होसार

काठमाडौँ । मनाङका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमू ल्होसार मनाएका छन्...

घरी–घरी आउने भुकम्पको त्रासमा स्थानीय

काठमाडौँ । बाजुरामा पटक पटक आउने गरेको भुकम्पबाट यहाँका स्थानीय त्रसित बन्ने गरेका छन्...