सडक निर्माण अलपत्र भुक्तानी नपाएपछि

Published on

काठमाडौं । ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रेको काम बजेट अभावले अलपत्र भएको छ । निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी नपाएपछि सडक कालोपत्रे निर्माणको काम अलपत्र बनेको हो । फुङ्लिङ नगरपालिकास्थित मेची राजमार्गको दोखु बहानन्देदेखि मेरिङ्देन गाउँपालिका–३, खाम्लुङको दोभान जोड्ने सडकको ट्र्याक निर्माण भएको करिब अढाई दशकपछि स्तरवृद्धि अर्थात् कालोपत्रे गर्न सुरु गरिएको हो ।

बहानन्देदेखि दोभानको तमोर नदी पुलसम्मको १० किलोमिटर दुरीभित्र सडक कालोपत्रेको काम हुँदै आएको छ । उक्त सडक कालोपत्रेको काम गर्नलाई बजेट अभाव देखिएपछि काममा अवरोध पुगेको छ । कालोपत्रे निर्माणको काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन प्रालिले काम गरेको रकम भुक्तानी नपाएका कारण समस्या भएको जनाएको छ । सो प्रालिका निर्देशक रमेश अधिकारीले काम गरेको रकम नपाएकाले कम्पनी काम छोड्ने मनस्थितिमा पुगेको बताउनुभयो । काममा संलग्न जनशक्तिलाई पारिश्रमिक दिने साथै सडक कालोपत्रेको काममा प्रयोग भएका मेसिन तथा उपकरणमा राख्ने इन्धन ९पेट्रोलियम पदार्थ० लाई रकम नभएपछि काम छोड्नुपर्ने बाध्यता भएको भनाइ उहाँको छ ।

समयमा नै सडक कालोपत्रेको काम सक्ने गरी कम्पनीमा आबद्ध कर्मचारीसहित करिब २५० जना संलग्न भएकामा पारिश्रमिक नपाएपछि अहिले अधिकांशले काम छोडिसकेका उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीका अनुसार हालसम्म ६५ प्रतिशत जति सडक कालोपत्रेको प्रगति भइसकेको छ । कामको मूल्याङ्कन र प्रगतिका आधारमा करिब सात करोड रुपियाँ भुक्तानीका लागि आग्रह गरिएको छ । यता उत्तरदक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर सुदर्शन कार्कीका अनुसार बजेटको अभावमा समयमा नै भुक्तानी दिन नसकेको बताउनुभयो । योजना कार्यालयको मूल्याङ्कन अनुसार कामको प्रगतिका आधारमा निर्माण व्यवसायीलाई चार करोड रुपियाँ रकम भुक्तानी दिनुपर्ने देखिन्छ, सो रकम दिन नसकिएको कार्कीले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म करिब ४५ प्रतिशत रकम भुक्तानी भएको छ । पछिल्लो पटक भुक्तानी दिनुपर्ने रकमका लागि सडक विभागसँग निरन्तर पहल गर्दा पनि रकम प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । ताप्लेजुङका प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पनि बहानन्दे–दोभान सडक कालोपत्रेका लागि बजेट व्यवस्था गर्न आफ्नातर्फबाट पहल भइरहेको बताउनुभयो । जिल्लाकै एक महवपूर्ण सडक योजनाको स्तरवृद्धि गर्ने कामका लागि बजेट अभाव हुनु दुःखद भएको बताउँदै उहाँले सडक योजनालगायत सम्बद्ध निकाय र मन्त्रीलाई आफूले घचघच्याइरहेको बताउनुभयो । अर्का प्रतिनिधि सभा सदस्य लीलादेवी बोखिमले पनि बजेट व्यवस्था गराउनका लागि निरन्तर पहल गरिरहेको बताउनुभयो । उत्तरदक्षिण सडक योजना कार्यालयका प्रमुखसमेतको समन्वयमा आफूले विभाग र सम्बन्धित निकायका कर्मचारीसँग निरन्तर सम्पर्क गरिरहेको बोखिमले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...