‘खेल क्षेत्रको विकासको लागि सरकार सकारात्मक छ’

Published on

काठमाडौं । नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

कपिलवस्तुको बाणगंगामा सुरु भएको प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री अधिकारीले सबै पालिका मिलेर जिल्लाको पायक पर्ने ठाउँमा राम्रो खेल मैदान निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गएकोले देशका विभिन्न स्थानमा खेलमैदान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणमा जोड दिनु पर्ने बताउनुभयो । मोफसलमा राष्ट्रिय स्तरका खेलकुदका प्रतियोगिताले खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने मौका पाउने बताउनुभयो । शनिबारदेखि सञ्चालनमा आएको प्रतियोगितामा चैत २४ गतेसम्म चल्नेछ । प्रतियोगितामा मोफसलका ४ र ‘ए’ डिभिजन ४ क्लबको सहभागिता रहेको छ । सहभागी हुनेमा ‘ए’ डिभिजन क्लब अन्तर्गत थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब र मोफसलका बीएफसी चितवन, सुदूरपश्चिम(११, सहारा क्लब पोखरा र आयोजक टिमको प्रतिनिधित्व गर्दै कपिलवस्तु(११ छन्।

प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १ सय ११ रुपियाँ र उप विजेताले ५ लाख ५५ हजार ५५५ रुपियाँ सहित ट्रफि प्रदान गरिने आयोजक कपिलवस्तु जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...