उखुको रस औषधका लागि प्रयोग

Published on

काठमाडौं । जिल्लाको भूमे गाउँपालिका–९ का स्थानीयले उखु पेलेर निकालिएको रस औषधीका लागि प्रयोग गर्दै आएका छन् । स्थानीयले उखु पेलेर निकालिएको रसलाई पकाएर तयार भएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएका हुन् ।

उखुलाई कोलमा पेलेर निकालिएको रसलाई पकाइ थिग्रयाइएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएको भूमे–९ बिजौँराका कर्णबहादुर ओलीले बताउनुभयो । पहिले पुर्खादेखि नै उखु पेलेर निकालिएको रसलाई पकाइ तयार गरिएको वस्तु विभिन्न रोगको औषधीका लागि प्रयोग गर्दै आएको ओलीले बताउनुभयो । यस प्रकारले बनाइएको औषधी जन्डिस, हाडजोर्नीको दुःखाइ, हातखुट्टा मर्केको, पेटसम्बन्धी लगायतका रोगमा प्रयोग गर्दै आएको ओलीले बताउनुभयो । त्यसैले घरेलु उपचार औषधका लागि हरेक वर्ष उखु पेल्ने गरेको ओलीको भनाइ रहेको छ ।

अर्का स्थानीय कमला खड्काका अनुसार उखु पेलेर निकालिएको रसलाई पकाइ तयार गरिएको वस्तुलाई महको मूल्यमै बिक्री गर्ने गरिएको छ । हाल मह धार्नीको तीन हजार रहेको छ । त्यसै, अनुसार उखुको रसलाई पकाइ तयार गरिएको वस्तुलाई पनि धार्नीको तीन हजारमा बिक्री गर्ने गरेको खड्काले बताउनुभयो । भूमे–९ का स्थानीयले औषधीका लागि तयार गर्नु भएको उखुको रस छिमेकी वडा स्थानीयले समेत खरिद गर्न आउने गरेको वडाध्यक्ष विनोद बुढा मगरले बताउनुभयो । धेरै उखु भएका घरपरिवारले औषधीका लागि तयार गरेका उखुको रसबाट राम्रो आम्दानी गर्दै आएको समेत वडाध्यक्ष बुढा मगरको भनाइ रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...