सशस्त्र प्रहरीद्वारा सीमावर्ती युवाका लागि कपाल काट्ने तालिम

Published on

काठमाडौं । लोककल्याकारी र युवाहरुको क्षमता विकासका लागि सुनसरीको सीमावर्ती गाउँका युवाहरुका लागि सशस्त्र प्रहरी बल नेपालले कपाल काट्ने सम्बन्धी १५ दिने तालिम दिन सुरु गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको सीमा क्षेत्रका बासिन्दा तथा युवालाई लक्षित गरी १५ दिने निःशुल्क कपाल काट्ने तालिम सञ्चालनमा ल्याएको हो ।

सिमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिकामा केशकर्तक (कपाल काट्ने) तालिम सञ्चालनमा ल्याएको जनाएको छ । तालिमको सशस्त्र प्रहरी बल नेपालका सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उद्घाटन गर्नुभएको छ । बराह बाहिनी पकली र नम्बर ४ गण हेड क्पाटर इनरुवा सुनसरीको आयोजनामा केशकर्तक तालिम सुरु भएको हो । तालिममा स्थानीय २० जना युवालाई प्रशिक्षण दिइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । केशकर्तक तालिम सीमा इलाकामा बसोबास गर्ने स्थानीयसँग समन्वय र सहकार्य गरी कार्य सम्पादनलाई प्रभावकारी बनाउने संगठनको मर्म र उद्देश्य बमोजिम सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले बताउनुभयो ।

कार्यक्रममा बराह बाहिनी पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले सिमावासीको सवालमा एपीएफले क्षमता अभिवृद्धि लगायतका कार्यक्रम क्रमशः अन्य स्थानमा समेत आयोजना गर्दै लैजाने बताउनुभयो । सशस्त्र प्रहरी बलले हरिनगरमा सञ्चालनमा ल्याएको केशकर्तक (कपाल काट्ने) तालिममा पालिकाले छनौट गरेका २० जना स्थानीय सहभागी रहेको र उनीहरुका लागि १५ दिने निःशुल्क तालिम प्रदान गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...