औद्योगिक काम अघि बढाउन प्रधानमन्त्रीसमक्ष अनुरोध

Published on

काठमाडौं । आठ बर्षअघि मन्त्रिपरिषदले निर्णय गरे पनि निर्माण कार्य बढ्न नसकेको बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराइएको छ ।

बाँकेबाट सङ्घीय संसद, लुम्विनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीसहित बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिको संयुक्त टोलीले प्रधानमन्त्री प्रचण्डलाई तत्काल काम अघि बढाउन ध्यानाकर्षण गराएको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले बताउनुभयो । प्रदेशसभा सदस्य खत्रीले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सबैपक्षलाई सहमतिमा लिएर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।’ प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, आशा विक, प्रदेशसभा सदस्य खत्री, गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, वडा अध्यक्ष राजु रुचाल, एमाले नेता घननाथ खनाल, बिमल मल्लसहितको टोलीले प्रधानमन्त्री कार्यालयमा पुगेर नौवस्ता औद्योगिक क्षेत्रको काम तत्काल अघि बढाउन माग गरेको जनाएको छ ।

यसैगरी टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई पनि भेटगरी तत्काल औद्योगिक क्षेत्रको काम अघि बढाउन माग गरेको छ । नौवस्ता औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरी प्रत्यक्ष जानकारी लिनुभएका मन्त्री भण्डारीले पनि हाल देखिएको बिवाद समाधान गरी तत्काल काम अघि बढाइने बताउनुभयो । नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरे पनि वस्तीलगायतका कारण पछि ३३८ बिघामा निर्माण कार्य अघि बढाउने भनिएको छ । त्यसभित्र समेत केही घर परेपछि विवादका कारण लामो समयसम्म औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेको हो । सो क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य खत्रीले मानव बस्तीलाई व्यवस्थापन गरी औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय बासिन्दा तयार रहेको बताउनुभयो । नौवस्तामा औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि २५० जना उद्योगी व्यवसायीले आवेदन दिनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...