चीनको ‘कमजोर आपूर्ति क्षमता’ बारे अमेरिकी आरोप आधारहीन

Published on

काठमाडौं । चीनका वाणिज्यमन्त्रीले कम लागतको चिनियाँ निर्यातले विश्व बजारमा जोखिम निम्त्याएको भन्ने अमेरिकी चिन्तालाई चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले ‘आधारहीन’ भन्दै आरोपको खण्डन गर्नुभएको छ ।

ट्रेजरी सेक्रेटरी जेनेट येलेनको भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूले दुई देशबिचको सम्बन्ध थप स्थिर अवस्थामा रहेको सकारात्मक टिप्पणी गरेका छन् र दुवै पक्ष अतिरिक्त औद्योगिक क्षमताको विषयमा थप वार्ताका लागि मार्गहरू खोल्न सहमत भएका छन् ।

चीन सरकारले विश्व बजारले धान्न सक्नेभन्दा बढी उत्पादन क्षमता सिर्जना गर्न सहयोग गर्दा सौर्य र विद्युतीय सवारी साधनजस्ता प्रमुख क्षेत्रमा सस्तो निर्यातको बाढीले अन्यत्र ती उद्योगहरूको वृद्धिलाई असर पार्न सक्छ भन्ने अमेरिकी अधिकारीहरूको चिन्ता रहेको छ ।

वाणिज्यमन्त्री वाङले आइतबार पेरिस भ्रमणका क्रममा ‘अमेरिका र युरोपले लगाएको ‘अत्यधिक क्षमता’ को आरोप आधारहीन भएको बताउनुभएको हो ।

चिनियाँ विद्युतीय सवारी निर्माताको तीव्र वृद्धि नवीनता र स्थापित आपूर्ति शृङ्खलाका कारण भएको वाङले बताउनुभयो ।

उहाँले बेइजिङले व्यवसायहरूलाई उनीहरूको हितरक्षाका लागि सहयोग गर्ने पनि बताउनुभयो । बेइजिङले उद्योगका लागि राज्यको विशाल समर्थनको बारेमा चिन्तालाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

युरोपेली सङ्घ (ईयू) ले चिनियाँ विद्युतीय कारमा अनुदानको बारेमा अनुसन्धान सुरु गरेको छ जसले गर्दा कम मूल्यमा अनुचित रूपमा बेचिएका सवारी साधनहरूमा कर वृद्धि हुन सक्छ । गत महिना बेइजिङले यसलाई व्यापारमा देखिएको ‘सङरक्षणवाद’ को संज्ञा दिएको छ ।

येलेनले दक्षिणी शहर ग्वान्झाओ र राजधानी बेइजिङमा अधिकारी र व्यापारिक नेताहरूसँगको वार्तामा बारम्बार चीनको ‘क्षमताभन्दा बढी आपूर्ति’ को प्रसङ्गलाई उठाउनुभएको थियो ।

आफ्ना समकक्षी उपप्रधानमन्त्री हे लिफेङसँग भएको वृहत् छलफलमा उहाँले चिनियाँ नीति निर्माणको उच्च तहमा अन्तर्राष्ट्रिय चासोका सवालबारे संवेदनशील बन्न आग्रह गर्नुभएको थियो ।

सिन्ह्वाका अनुसार लीले उत्पादन क्षमताको विषयलाई वासिङ्टनले ‘वस्तुनिष्ठ’ र ‘बजारमुखी’ दृष्टिकोणबाट हेर्नुपर्ने येलेनसँग बताउनुभएको थियो ।

उहाँले चीनको नयाँ ऊर्जा उद्योगको विकासले ‘विश्वव्यापी हरित र कम कार्बन सङ्क्रमणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । रासस/एएफपी

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...