नेपाली सेनाद्वारा गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

Published on

काठमाडौं । नेपाली सेनाले आज (मङ्गलवार) बाट दोस्रो ऐतिहासिक गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ गोरखा – जितगढी एकीकरण पदयात्रा सुरु गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताउनु भयो ।

गोरखा – जितगढी यात्रामा नेपाली सेनाको अधिकृतको कमान्डमा ४८ जना सेना सहभागी भएका छन् । पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेको ५ पल्टन कालीबक्स, सबुज, श्रीनाथ, बर्दबाणी र पुरानो गोरख र जितगढीको लडाइँमा भाग लिएका गुरु बक्स पल्टनका टोली सहभागी हुन्छन्, ‘उहाँले भन्नु भयो, आ आफ्नो पल्टनको झन्डासहित उनीहरू यात्रामा निस्किएका हुन् ।’

गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढी पुगेर विजय उत्सवमा सहभागी हुन्छन् ।

रिपुमर्दन गणका गणपति क्षेत्रीका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी बिच भएको लडाइँमा विजय प्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सको रूपमा मनाउँदै आइएको छ । सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा सुरु गरिएको बताइएको छ । आज मङ्गलवारबाट एक कार्यक्रम गरी गोरखा दरबारबाट पदयात्रा सुरु भएको गणपति क्षेत्रीले बताउनुभयो ।

नेपाली सेनाले ११ दिनको दिनमा जितगढीसम्मको २ सय ७ किलोमिटर दूरी पार गर्ने उहाँले जानकारी दिनुभयो । यो यात्राले गोरखादेखि जितगढी सम्म पर्यटन प्रबन्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । गोरखाको पर्यटन प्रवद्धर्नमा एकीकरण पदयात्राले समग्र गोरखालाई फाइदा हुने भएकाले स्थानीय तहहरूले सहजीकरण गरेको गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितमा बिदाइ गरिने भएको छ । गोरखा – जितगढी यात्रालाई सफल बनाउन गोरखामा रहेका ११ वटै स्थानीय तहसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको रिपुमर्दन गण गोरखाले जनाएको छ ।

गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ पाल्पा हुँदै जितगढी पुगेर समापन हुने रिपुमर्दन गणका गणपति क्षेत्रीले जानकारी दिनुभयो । गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि पश्चिम पृतनापति उपरथी सन्तोष वल्लभ पौडेल र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले संयुक्त रूपमा झन्डा हस्तान्तरण गरी एकीकरण पदयात्रा टोलीलाई गोरखाबाट बिदाइ गर्नुभएको थियो । गोरखापत्र ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...