बेसहारा बालबालिकालाई पढाउन महायज्ञ

Published on

काठमाडौं । बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ ।

महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबै बालबालिकाको अभिभावक सरकार हो, प्रदेश सरकारले स्थानीयस्तरमा यहाँहरूले थालेका काममा सघाउनेछ”, उहाँले भन्नुभयो, “मेरो व्यक्तिगत सहयोग पनि रहनेछ । महायज्ञबाट सङ्कलित रकम शङ्करपुरस्थित पशुपतिनाथ आधारभूत विद्यालयको स्तरोन्नतिमा पनि खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विश्व शान्तिका लागि साझा अभियान नेपालका प्रबन्धक गोपाल विकले बताउनुभयो । उहाँले विद्यालयको विकास र समुदायका असहाय, विपन्न बालबालिकाको आवासीय शिक्षाका लागि ‘पशुपतिनाथ शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ’ आयोजना गरिएको बताउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...