चितुवा र बाँदर आतङ्कले बढायो वनमा डढेलो

Published on

काठमाडौं । तनहुँमा नरभक्षी चितुवा र बाँदर आतङ्कले वन डढेलो बढेको छ । चितुवाले मान्छेलाई आक्रमण गर्ने र बाँदरले अन्न, फलफूल तथा तरकारी खाने र नष्ट गर्ने गरेकोले वनमा डँढेलो लागेको पाइएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार डँढेलोले वन्यजन्तु लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको हो । सुख्खा मौसममा भएकोबेला बस्ती वरपरको क्षेत्रमा डढेलो लगाउँदा फैलिएर जङ्गलसम्म पुगेको छ । चितुवा बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेकाले बाँदर समेत दुःख दिने गरेकोले झाडी सफा गर्ने क्रममा बस्तीबाट जङ्गलमा डढेलो फैलिँदै गएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो । डढेलोले गर्दा लोपोन्मुख बोटबिरुवा, पशुपन्छीको अस्तित्व सङ्कटमा पर्दै गएको छ। यस्तै‚ डढेलोले चरन क्षेत्र र वासस्थान नासिएपछि जङ्गली जनावरहरू बस्ती क्षेत्रमा पुग्दा मानव(जनावर द्वन्द्व बढेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चितुवाबाट बढी प्रभावित भएको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका क्षेत्रका सार्वजनिक वनमा आगलागी धेरै हुनेगरेको पाइएको छ । छ वर्षको अवधिमा तनहुँका १४ जना बालबालिका ज्यान गुमाएको र १८ जना घाइते भएकाले चितुवा लुक्ने डरले झाडीमा आगो लगाउने गरेकाले वनमा क्षति धेरै भएको पाइएको छ । वनमा डढेलो लाग्दा चितुवाका आहारा बँदेल, मृग, चराचुरुङ्गी मासिने, बिरुवा नास हुने, पानीको मुहान सुक्ने हुँदा चितुवा आहारा र पानी खोज्दै मानव बस्तीमा आउने श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका दश वटा पालिकामा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियत वन, ६ धार्मिक वन रहेका छ । सूचना अधिकारी श्रेष्ठका अनुसार तनहुँमा चालु आर्थिक वर्षमा वैशाख ९ गते सम्ममा २२ वटा विभिन्न वन समुहमा डँढेलो लागेर ११५ हेक्टर वनमा क्षेत्रमा डँढेलो लागेको छ । डँढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रमका साथै प्रचार–प्रसार गरिए बस्ती वरपरको झाडीबाट सल्किएर फैलने गरेको पाइएकोले नियन्त्रण गर्न कठिन भएको छ । कतिपय व्यक्तिले घरनजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किएको छ । मानिसले घरनजिकैको स्थानमा गाईबाख्राका लागि घाँस राम्रोसँग पलाउँछ भन्दै आगो लगाइदिने गरेकाले पनि समस्या निम्तिएको छ । डढेलोले गर्दा तापक्रम बढाउनुका साथै वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्नुका साथै माटो नाङ्गो र कमजोर बनाइ भलको बहाव र गति बढाएर भूक्षय, बाढिपहिरो, डुबानजस्ता प्रकोप भएर धनजन र सम्पदामा पनि क्षति गर्ने गरेको वन अधिकृत सागर खनालले बताउनुभयो । वनले वातावरण सन्तुलन कायम राख्न मद्धत गर्ने, स्वच्छहावा रुखवाट सृजना हुने भएकोले डँढेलोबाट बचाउनु पर्ने खनाल बताउनुहुन्छ । वनजङ्गलले सम्भावित पहिरो रोकथाम गर्न, भुक्षयवाट जोगाउन, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिबाट बचाउन पनि वनले मदत गर्दछ। नियमीत वर्षा कायम राख्न पनि मद्धत गर्ने हुँदा डँढेलो लगाउन नहुने बताउनुभयो ।

विभिन्न भोतिक संरचनाहरुको निमार्ण गर्न आवश्यकपर्ने काठ, वनजगंलबाटै आपुर्ती गर्न सकिन्छ । वनमा हुने काठ दाउरा विक्री वितरणबाट राजश्व सङ्कलन गर्न तथा आर्थिक क्रियाकलाप वृद्धि गरी रोजगारी सृजना गर्न सकिने हुँदा जङ्गलको संरक्षण गरिनु पर्ने खनालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...