मदनको हत्यारा पत्ता लगाऔं : सभापति देउवा

Published on

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन आवश्यक रहेको बताउनुहुँदै त्यसका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।

सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा नेकपा (एमाले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै सभापति देउवाले प्रश्न गर्नुभयो । मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ छ । उहाँले मदन भण्डारी आफूहरुको पनि नेता भएको चर्चा गर्नुहुँदै भन्नुभयो, “हत्यारा पत्ता लगाउने काम किन गरिएन रु”

दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको बताउनुभयो । सभापति देउवाले त्यसमा काँग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘काँग्रेसलाई गाली गर्नुभन्दा मदन भण्डारीको हत्यारा पत्ता लगाउनेतर्फ लाग्नुस् । सभापति देउवाले नेपाली काँग्रेस सधैँभर देशको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबिच संवाद, सहमति र सहकार्यको नीति लिँदैआएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताउनुभयो । उहाँले संसदमा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरुलाई आग्रह गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...