मदनको हत्यारा पत्ता लगाऔं : सभापति देउवा

Published on

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन आवश्यक रहेको बताउनुहुँदै त्यसका लागि पहल गर्न आग्रह गर्नुभएको छ ।

सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा नेकपा (एमाले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै सभापति देउवाले प्रश्न गर्नुभयो । मदन भण्डारीको हत्यारा पत्ता लगाउन अहिलेसम्म नसकेको सभापति देउवाको भनाइ छ । उहाँले मदन भण्डारी आफूहरुको पनि नेता भएको चर्चा गर्नुहुँदै भन्नुभयो, “हत्यारा पत्ता लगाउने काम किन गरिएन रु”

दुई पटक राष्ट्रपति हुँदा र एमालेको नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएको बताउनुभयो । सभापति देउवाले त्यसमा काँग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘काँग्रेसलाई गाली गर्नुभन्दा मदन भण्डारीको हत्यारा पत्ता लगाउनेतर्फ लाग्नुस् । सभापति देउवाले नेपाली काँग्रेस सधैँभर देशको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबिच संवाद, सहमति र सहकार्यको नीति लिँदैआएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताउनुभयो । उहाँले संसदमा प्रतिपक्षले उठाएको विषयलाई गम्भीरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरुलाई आग्रह गर्नुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...