सुधार गृहको तीन तलाबाट हाम फालेर भाग्ने प्रयास

Published on

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरमिनियास्थित जयेन्दु बाल सुधार गृहबाट हाम फालेर भाग्न खोज्दा एक बाल बन्दी (बालबिज्याँइकर्ता) घाइते भएका छन् ।

मङ्गलबार बिहान करिब ३ बजेको समयमा बाल सुधार गृहमा रहेका नेपालगन्जका १७ बर्षीय एक बाल बन्दी तीन तला माथिबाट हाम फालेर भाग्न खोज्दा घाइते भएको जयेन्दु बाल सुधार गृहका कार्यालय प्रमुख विमला काउचा मगरले जानकारी दिनुभयो । तीन तला माथिबाट हाम फालेर भाग्न खोज्ने ति बाल बन्दीलाई अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेको उहाँले बताउनुभयो । कार्यालय प्रमुख मगरका अनुसार यी बाल बन्दी यसअघि पनि पटक पटक सुधार गृहबाट भाग्ने गरेका थिए । “यस अघि पनि उनी भागेका थिए, धेरै ठाउँमा खोजतलास गर्यौं, पछि उनको घरपरिवारसँग समन्वय गर्दा घरमै रहेको पाइयो, उनलाई होलीको कहिदिन पछि घरबाटै समातेर ल्याएका थियौँ ।” उहाँले भन्नुभयो, “आज बिहान फेरी ३ बजेको समयमा तीन तला माथिबाट हाम फालेछन्, हाम फाल्दा घाइते भएपश्चात् भाग्न नसकेर बसिरहेका रहेछन्, प्रहरीले जानकारी पाएपछि उपचारका लागि भेरी अस्पताल पठाएका छौँ । हाल जयेन्दु बाल सुधार गृहमा २ सय ५२ जना बालबन्दीहरु रहेका छन् । पटक पटक गरेर यसअघि भागेकामध्ये तीन जना अझै सम्पर्कमा नरहेको कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो । बाँकेमा रहेका बाल सुधार गृहमा पटक पटक झडप हुने गरेको छ । गत असोज ४ गते दुई पक्षबिच झडप हुँदा जयेन्दु बाल सुधार गृहमा रहेका एक बाल बन्दीको मृत्यु समेत भएको थियो ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...