सुधार गृहको तीन तलाबाट हाम फालेर भाग्ने प्रयास

Published on

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरमिनियास्थित जयेन्दु बाल सुधार गृहबाट हाम फालेर भाग्न खोज्दा एक बाल बन्दी (बालबिज्याँइकर्ता) घाइते भएका छन् ।

मङ्गलबार बिहान करिब ३ बजेको समयमा बाल सुधार गृहमा रहेका नेपालगन्जका १७ बर्षीय एक बाल बन्दी तीन तला माथिबाट हाम फालेर भाग्न खोज्दा घाइते भएको जयेन्दु बाल सुधार गृहका कार्यालय प्रमुख विमला काउचा मगरले जानकारी दिनुभयो । तीन तला माथिबाट हाम फालेर भाग्न खोज्ने ति बाल बन्दीलाई अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेको उहाँले बताउनुभयो । कार्यालय प्रमुख मगरका अनुसार यी बाल बन्दी यसअघि पनि पटक पटक सुधार गृहबाट भाग्ने गरेका थिए । “यस अघि पनि उनी भागेका थिए, धेरै ठाउँमा खोजतलास गर्यौं, पछि उनको घरपरिवारसँग समन्वय गर्दा घरमै रहेको पाइयो, उनलाई होलीको कहिदिन पछि घरबाटै समातेर ल्याएका थियौँ ।” उहाँले भन्नुभयो, “आज बिहान फेरी ३ बजेको समयमा तीन तला माथिबाट हाम फालेछन्, हाम फाल्दा घाइते भएपश्चात् भाग्न नसकेर बसिरहेका रहेछन्, प्रहरीले जानकारी पाएपछि उपचारका लागि भेरी अस्पताल पठाएका छौँ । हाल जयेन्दु बाल सुधार गृहमा २ सय ५२ जना बालबन्दीहरु रहेका छन् । पटक पटक गरेर यसअघि भागेकामध्ये तीन जना अझै सम्पर्कमा नरहेको कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो । बाँकेमा रहेका बाल सुधार गृहमा पटक पटक झडप हुने गरेको छ । गत असोज ४ गते दुई पक्षबिच झडप हुँदा जयेन्दु बाल सुधार गृहमा रहेका एक बाल बन्दीको मृत्यु समेत भएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...