उपनिर्वाचनका लागि सीमा नाका बन्द

Published on

काठमाडौं । इलाममा हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय इलामले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । निर्वाचनलाई प्रभावकारी ढङ्गले सम्पन्न गराउने उद्देश्यले भरे राती १२ बजेदेखि निर्वाचनको दिन वैशाख १५ गतेराति १२ बजेसम्म सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । नाका बन्द भएपछि नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल–भारत आवतजावत गर्न बन्द भएको छ ।

निर्वाचनका दिन सवारी साधन सञ्चालनका विषयमा भने निर्णय भइ नसकेको प्रजिअ यादवले बताउनुभयो । ‘‘भोलि ९बिहीबार० सर्वदलीय बैठक राखेका छौं । सर्वदलीय बैठकले निर्वाचनका दिन सवारी चलाउने अथवा बन्द गर्ने जे निर्णय गर्छ त्यही अनुसार हामी अघि बढ्ने छौं । यादवले भन्नुभयो । यसैबिच, भारतमा वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय पक्षबाट हिजो (मङ्गलबार) बेलुका देखिनै नाका बन्द भएको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...