कर्णालीको मन्त्रिपरिषद् विस्तार

Published on

काठमाडौं । कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार बिना विभागीय मन्त्री बन्नुभएको हो।

उहाँले बुधबार प्रदेश प्रमुख तिलक परियालसमक्ष शपथ लिनुभएको हो। मन्त्रीमा नियुक्त हुनुभएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ। गत चैत्र २७ गते नियुक्त हुनुभएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रिपरिषद विस्तार गर्नुभएको हो। सत्ता साझेदार दलबिच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन्। मंगलबार एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि परियारले शपथ लिनुभएको हो। बाकीँ मन्त्रीको शपथ बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि विस्तार हुने जनाइएको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...