चाङ’ई–६ चन्द्रमाको अनुसन्धान प्रक्षेपण गर्ने चीनको तयारी

Published on

काठमाडौं । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ’ई–६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ ।

चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च–५ वाई८ वाहक रकेट संयोजनलाई शनिबार दक्षिण चीनको हेनान प्रान्तमा वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण क्षेत्रमा स्थानान्तरण गरिएको सिएनएसएले बताएको छ । हटाउन योग्य प्रक्षेपण प्याडमा संयोजनलाई ठाडो परीक्षण भवनबाट बाहिर लगिएको थियो र पुनः सुरक्षितरूपमा प्रक्षेपण क्षेत्रमा सारिएको थियो । प्रक्षेपणअघि कार्यात्मक जाँच, संयुक्त परीक्षण कार्य र प्रक्षेपण योग्य बनाइने छ । चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च– वाई८ वाहक रकेट क्रमशः जनवरी र मार्चमा प्रक्षेपण स्थलमा पुगेपछि क्रमिकरूपमा एसेम्बली, परीक्षण र अन्य तयारी पूरा भएको थियो ।

चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धानको तयारी गरिएको छ । यो मानव इतिहासमा आफ्नै प्रकारको पहिलो मिसन हुनेछ । राससरसिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...