डढेलोले सामुदायिक वनमा क्षति, एकको जलेर मृत्यु

Published on

काठमाडौं । डढेलोले यहाँ सामुदायिक र सरकारी वनजङ्गल सखाप पार्दै आएको छ । सुख्खायाम र आगलागी हुँदा समुदायले वर्षौदेखि जोगाएका वनजङ्गल नासिँदै गएका छन् । आगलागी हुँदा एक जनाको मृत्यु समेत भएको छ । आगलागीमा परी नवदुर्गा गाउँपालिका–३ का ६४ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीका अनुसार चुनारा आफ्नै खेतबारीको घेरबार हाल्न काँडा काट्दै थिए । काडा र झाडी काट्ने क्रममा शुक्रबार दिउँसो लडेर उहाँ आगेमा पर्नुभएको थियो । सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगेको आगोमा खस्दा चुनाराको मृत्यु भएको उहाँले बताउनुभयो । चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो । चुनाराको आगलागीमा परी मृत्यु भएको जाहेरी उहाँका छोरा मानबहादुर चुनाराले एकाले प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । अहिले जिल्लाका प्रायः सबै ठाउँहरुमा आगालागी भइरहेको छ । लामो खडेरीका कारण आगलागीका घटना बढिरहेका छन् ।

यसैगरी, अजयमेरु गाउँपालिका १ शिखर सुईडोव सामुदायिक वनमा २० वर्षपछि आगो लाग्दा जङ्गल सखाप भएको छ । जङ्गली वन्यजन्तु प्रभावित भएको स्थानियको भनाइ छ । अजयमैरु १ कै बालकल्याण मावि विद्यालय परिसरको सामुदायिक वनमा लागेको डढेलोले विद्यालयको बगैँचामा क्षती पुगेको वडा अध्यक्ष दत्ति सिंह भण्डारीले जानकारी दिनुभयो । विद्यालय परिसरमा पसेको आगो स्थानिय, शिक्षक, विद्यार्थी, अभिभावक, प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा नियन्त्रण हुँदा विद्यालयमा थप क्षती हुनबाट जोगिएको शिक्षक पदमराज पन्तले बताउनुभयो । भित्रि मधेश जोगबुडा क्षेत्रको परशुराम नगरपालिका–३ मार्कु बस्ती रहेको जङ्गलमा मङ्गलबार दिउँसोदेखि भीषण आगलागी भएको छ । वन क्षेत्रमा लागेको डढेलोबाट आगोका झिल्डा हावाले उडाई वस्तिमा पुर्‍याउदा स्थानीयका घरहरुमसमेत समेत क्षती पुगेको वडा अध्यक्ष नरेशबहादुर खवासले बताउनुभयो ।

२७ परिवारको बसोबास रहेको मार्कु वस्तीमा आगोले अधिकाशं घर गोठमा क्षति पुगेको स्थानीय अगुवा रामसिंह थलालले जानकारी दिनुभयो । आगलागीबाट स्थानीयका पाँच घर र गोठमा क्षति पुगेको छ । खर, पराल, गाज्यौ र गोठेमलको थुप्रोमा आगलागी भएपछि घर र गोठ पनि नष्ट भएको हो । वन जङ्गलमा भईरहेको आगलागीका विषयलाई गम्भीर रुपमा लिइ तयारी अवस्थामा रहेको प्रहरीको भनाइ छ । खासगरी वस्तीतिर आउने आगो नियन्त्रमा प्रहरी बढी सक्रिय हुने र जोखिमत न्यूनीकरण गर्न लागिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । भित्रिमधेशमा भइरहेको ढडेलोको क्षती कम गर्न इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी प्रमुख इन्सपेक्टर गगनसिंह भाटले स्थानीयलाई सचेत गराइरहेको पनि उहाँको भनाइ छ । भित्रि मधेशका परशुराम क्षेत्रमा आगलागी भएपछि तोडिन्ना, लोपा, शिर्ष, बुङा, गगरखेतलगायतका क्षेत्र प्रभावित भएका छन् ।जिल्लाको चुरेक्षेत्र, माहाभारत र लेकालीवस्तीमा आगालगाीका कारण जङ्गल डढेलोका कारण विनास भइरहेको छ । गाउँमा खानेपानीको समस्या र जनशक्ति अभावका कारण आगो नियन्त्रण गर्न कठिनाई भइरहेको गुनासो स्थानीयको छ ।

समयमा सावधानी नअपनाउदा लाखौंको क्षति व्यहोर्नु परेको छ भने वन्यजन्तुसमेत प्रभावित भइरहेका छन् । पछिल्लो समय मानवीय असावधानीका कारण जिल्लाका अधिकाशं वन क्षेत्रमा भीषण आगलागी भइरहेको छ । वर्षैदेखि जोगाएका वन तथा खेतवारी नष्ट हुँदै गइरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...