थप १७ जनामा डेंगु सङ्क्रमण

Published on

काठमाडौं । बागमती प्रदेशमा थप १७ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको १३ गते बिहीबारसम्म चितवनमा ११ र मकवानपुरमा ६ जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरुमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाख १३ गते बिहीबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ४०६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा दुई जना डेंगु सङ्क्रमित थपिएका छन । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५०१ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्क अनुसार चालुआवको हालसम्म काठमाडौंमा तीन हजार‚ चितवनमा एकहजार ७०५‚ ललितपुरमा एकहजार ४३८‚ मकवानपुरमा ८५७‚ भक्तपुरमा ४९४‚ काभ्रेपलाञ्चोकमा १६७ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै, नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा।रविन भुसालले जानकारी दिनुभयो । डेंगु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुईरदुई जना‚ काभ्रेपलाञ्चोक र मकवानपुरका एकरएक जनासहित ६ जना सङ्क्रमितको मृत्यु थियो । मन्त्रालयका अनुसार चालु आवको साउनमा दुई हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कात्तिकमा दुईहजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा १९६‚ माघमा ५७‚ फागुनमा ४४ र चैतमा ११० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...