टी–२० विश्वकपका लागि वेस्ट इन्डिज टोलीको घोषणा

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकपका लागि वेस्ट इन्डिज टोलीको घोषण भएको छ ।

वेस्ट इन्डिजले नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ का तीन खेलाडीलाई समेट्दै शुक्रबार राति १५ सदस्यीय टोलीको घोषण गरेको हो । टोलीमा नेपाल भ्रमणमा रहेका कप्तान रोस्टन चेज, जोन्सन चार्ल्स र गुडकेश मोती रहनुभएको छ । विश्वकपमा वेस्ट इन्डिज समूह ‘सी’ मा रहेको छ । समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेको छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज विश्वकप सहआयोजक देश हो ।

वेस्ट इन्डिज विश्वकप टोली

रोभमन पावेल (कप्तान), अल्जारी जोसेफ (उपकप्तान), जोन्सन चार्ल्स, सिमरन हेटमायर, जेसन होल्डर, साई होप, अकिल होसेन, शमार जोसेफ, ब्रान्डन किंग, गुडकेश मोति, निकोलास पुरन, आन्द्रे रसेल, रोमारियो शेफर्ड र शरफेन रदरफोर्ड ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...