कौशीकी आरती चतराधामको आकर्षक बन्दै

Published on

काठमाडौं । कुम्भ नगरी चतरा धाम आउने धार्मिक पर्यटकहरु वराहक्षेत्र मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, शिस महल र औलिया मठको दर्शनपछि साझमा कौशीकी आरतीमा सहभागी हुने गरेका छन् ।

प्राचिन हरिद्वार चतराधाम क्षेत्रको दुर्वाशा घाट कोशी किनारमा हुने सङ्गीतमय कौशीकी आरतीमा हजारौँ श्रद्धालुहरुले सहभागी जनाउदै आएका छन् । हरेक दिन बेलुका साझमा कौशीकी माहाआरती सप्तकोशी नदीको दुर्वाश घाट क्षेत्रमा हुँदै आएको जगत गुरु पिठका सचिव विहारी शरण सुनील भट्टराईले जनकारी दिनुभयो । सात वटा कोशी मिलेर बेनेको सप्तकौशीकी नदी किनारमा सात जना गुरुहरुले दैनक साझ महाँ आरती गर्दै आउनु भएको छ । तत्कालिन मन्त्री रामकुमार सुब्बाले कौशीकी नदीमा महाअरतीको उद्घाटन गरेर सुरु गरिएको कौशीकी आरती बाह्र वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको हो । सङ्गीतमय कौशीकी आरती हेर्न प्रत्येक साँझ, कोशी नदीको एक मात्र स्थामा हुने महाआरती हेर्ने भक्तजहरुको भीड लाग्ने गरेको जगतगुरु पिठले जनाएको छ । प्राचीन हरिद्वार चतराधामा हुँदै आएको कौशीकी आरती चतराधामको प्रमुख आकर्षकको केन्द्र बन्दै आएको स्थानीय अमर कटुवालले बताउनुभयो । उहाँका अनुसार आरतीमा सहभागी हुन दैनिक भक्तजनहरु उपस्थिति हुने गरेका छन् ।

कौशीकी आरतीको लागी सप्तकोशी किनारमा बनाइएको सिढी चौतालको खुल्ला ठाउँमा सात जना ब्रम्हणहरु द्वारा एकै साथ आरतीको भजन र सङ्गीतको धुनमा महा आरती हुदै आएको छ । ठुलो आरती विचमा र सानो आरती साइटमा रहेर कपुर, बात्ती र सुगन्धित वस्तुहरुको मिश्रण गरी आरती गरिदै आएको स्थानीय युवराज भट्टराई बताउनु हुन्छ । सङ्गीतमय आरतीमा भक्तहरुको नित्य र एक साथ बजने तालिले सप्तकोशी किनारै गुन्जयमान हुदै आएको छ । आरतीमा सहभागी ब्रम्हाणहरुले आरती घुमाएको दृष्य निकै मनमोहक दुष्यले सबैको मन लोभ्याउदै आएको छ । अरती सुरु हुनुभदा अगाडी नै धार्मिक पर्यटकहरु र स्थानीय बासीहरु इश्वर प्रति आफनो समर्पण वा प्रेम दर्शाउन आरती स्थलमा सहभागी जनाउन पुग्ने गरेका छन् । वराहक्षेत्र घुम्न आउने पर्यटकहरु पनि साझमा हुने कौशीकी आरतीमा सहभागी हुने गरेको जगत गुरु पिठले जनाएको छ । पिठले आरतीको लागी दैनिक तिन हजार खर्च गर्दै आएको छ । पछिल्लो समय कुम्भ नगरी चतरा धाम धार्मिक आकर्षक स्थलको रुपमा विकास हुदै गएपछि कौशीकी आरती लाई अझै व्यवस्थीत बनाउदै लैजाने र स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आरती आक्रर्षणको केन्द्र विन्दु बनाइने जगत गुरु पिठले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...