गुरुङद्वारा एक महिनाको तलव अग्निपीडितलाई

Published on

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले एक महिनाको तलव अग्नि प्रभावित परिवारलाई प्रदान गर्नुभएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका –१ को मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारलाई आफ्नो तलबबाट आर्थिक सहयोग गर्नुभएको हो । उपसभापति गुरुङले प्रतिपरिवार १० हजारका दरले आर्थिक सहयोग गर्नु भएको हो । आगलागीका कारण घरबारविहीन भएका नागरिकको घरमा पुग्नु भएका संघीय सांसद गुरुङले तत्कालका लागि भन्दै नगद प्रदान गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “अग्नी प्रभावितका लागि पहिलो चरणमा आफूले पाउने मासिक पारिश्रमिकबाट सानो रकम सहयोग गरेको हुँ ।” अग्नि प्रभावित मैदान र बीरडाँडाका पाँचघर आगोका कारण पूर्णरुपमा क्षति भएको थाहा पाएपछि नागरिकलाई सान्त्वना प्रदान गर्न र आगामी योजना बनाउने उद्देश्यसहित प्रभावित गाउँको स्थलगत अवलोकन गरेको उपसभापति गुरुङको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...