संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल

Published on

काठमाडौं । चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरा गरी तीन जिल्लाका चुरे क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेका ताल संरक्षण अभावमा ओझेल पर्दै गएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका(१२ मा रहेको नाइल ताल, चुरे गाउँपालिका(४ मा रहेको कुटेबन्ध, कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रभित्र पर्ने पाण्डव, बेलकोट, भीमदत्त नगरपालिका(९ मटैनामा रहेको झिलमिला ताल, डडेल्धुराको आलिताल गाउँपालिकामा पर्ने आलिताल र बोडापती ताल चुरे क्षेत्रमा अवस्थित ताल हुन् । कैलाली, कञ्चनपुर र डडेलधुराको सीमा क्षेत्रमा रहेको नाइल ताल तीन सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वर्षभरि कञ्चन पानी रहने ताल धार्मिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ । विगतमा सुदूरपश्चिम डोटी राज्य हुँदा मुगल दरबारका रुपमा परिचित गाउँमा रहेको नायल ताल अहिले संरक्षणको अभावमा ओझेलमा पर्दै गएको गोदावरी नगरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताउनुभयो । कञ्चनपुरको उत्तरी चुरे भेगका चारैतिर डाँडाकैबिचमा अवस्थित झिलमिला ताल समुद्र सतहदेखि छ सय ८० मिटर उचाइमा रहेको छ । सो तालको विशेषता हिउँद, गर्मी अथवा वर्षातमा समेत पानी फोहर नहुने जनाइएको छ । धार्मिक, पर्यटकीय ऐतिहासिकरुपमा रहेको बेदकोट ताल संरक्षण अभावमा ओझेलमा परेको जनाइएको छ । कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको सो तालमा पछिल्लो पटक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको जनाइएको छ ।

आलिताल गाउँपालिका(३ मा रहेको धार्मिक महत्व बोकेको आलितालको लम्बाइ एक हजार एक सय ७५ मिटर तथा चौडाइ करिब चार सय मिटर रहेको छ । महाभारतको चुरे क्षेत्रबाट विभिन्न फोहोर पदार्थ तालमा जम्मा हुँदै जान थालेपछि दिन प्रतिदिन साँघुरिदै गएको स्थानीयको भनाइ छ । चुरे क्षेत्रमा रहेका ताल प्राकृतिकरुपमा रमणीयका साथै छुट्टाछुट्टै पहिचान बोकेका ताल भएकाले ती तालको संरक्षण र संवर्धन गर्न जरुरी रहेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो । उहाँले चुरे क्षेत्रमा रहेका महत्वपूर्ण तालको आफूले स्थलगत अवलोकन गरिसकेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यान्वयन एकाइका अनुसार चुरे क्षेत्रमा अवस्थित आधा दर्जन बढी तालको पहिचान गरिएको छ । पहिचान गरिएका तालको संरक्षण र संवर्धनका लागि आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा समावेश गरिने प्रदेश पर्यटन कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराले बताउनुभयो । चुरे क्षेत्रमा अवस्थित तालको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व भएकाले ती तालको संरक्षण र संवर्धनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिने उहाँले बताउनुभयो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...