भीमनारायण कपमा एपिएफको विजयी सुरुवात

Published on

काठमाडौं । विभागीय टोली एपिएफ क्लबलले १६औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सोमबार बिहान भएको खेलमा एपिएफले मोरङ्गको चारतारे युथ क्लबलाई १–० गोलले हरायो । आइतबार वर्षाले गर्दा खेल मैदान जलमग्न भएपछि रोकिएर सोमबार भएको हो । एपिएफको जितमा बुद्धिमान राईले खेल सुरु भएको पहिलो मिनेटमै गरेको गोल निर्णायक बन्यो । एपिएफका सुमन श्रेष्ठ म्यान अफ दि म्याच हुनुभयो । प्रतियोगिताको दोस्रो खेल सोमबार दिउँसो विभागिय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता विर्तामोड युनाइटेड क्लब झापाबिच हुनेछ । जेठ २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...