हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ

Published on

काठमाडौं । विभिन्न अभियोगमा पक्राउ परेका व्यक्ति प्रहरीको हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई सरकारले कडाइ गर्ने भएको छ ।

स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति बढेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसबारे चासो लिएर छलफल सुरु गर्नुभएको थियो । प्रहरीले अनुसन्धान र अभियोजनका लागि पक्राउ गरेको आरोपितले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ गर्न गृह मन्त्रालयले सोमबार तीनबुँदे निर्णय गरेको छ । गृह मन्त्रालयले यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्ने उद्देश्यले सो निर्णय गरेको हो । गृहमन्त्रीस्तरीय निर्णय अनुसार शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोग नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र आरोपितलाई चिकित्सकले अस्पताल भर्ना गराउन सिफारिस गर्नुपर्ने छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...