बिस्कुनले सडक अवरुद्ध, दुर्घटनाको जोखिम अधिक

Published on

काठमाडौं । रौतहटको ग्रामीण भेगका ढलान तथा कालोपत्रे सडकमा अन्नबाली सुकाउन थालेपछि सडक अवरुद्ध भइ दुर्घटनाको जोखिम बढेको छ । बुधबार दिउँसो घाम लागेको बेला ढलान तथा कालोपत्रे सडक अधिक तातो भइ छिटो र राम्रोस्रँग बिस्कुन सुक्ने भएकाले किसानले सडक प्रयोग गरेका हुन् ।

फागुनमा लगाएका वर्ण शंकर (हाइब्रिड) मकैको उत्पादन अधिक हुने हुँदा उत्पादित मकै सुकाउन अन्यत्र ठाउँ नभएपछि किसानले बाध्य भएर सडक प्रयोग गर्नु परेको चन्द्रपुर नगरपालिकाका पूर्व प्रमुख जितेन्द्र चौधरीले बताउनुभयो । सडकमै बिस्कुन सुकाउँदा सडक अवरुद्ध हुने र जोखिमको सम्भावना उच्च हुने कुराको ज्ञान हुँदाहुँदै पनि किसानले बाध्य भएर सडक प्रयोग गरेका छन् । अधिकांश किसानले मकै सुकाउन सडक नै प्रयोग गरेको पाइन्छ । जिल्लाको उत्तरी भेगका अधिकांश किसानले मकै खेति गर्छन् । किसानले आधुनिक खेति प्रणाली अवलम्बन गरी एक कठ्ठामा कम्तिमा दुई क्विन्टल मकै उत्पादन गर्छन् । सन्तपुरका किसान खड्ग बजगाईँ भन्नुहुन्छ, “दुई बिघा जमिनमा लगाएको मकै ८० क्विन्टलभन्दा बढी उत्पादन भएकाले आँगनमा सुकाउन ठाउँ अपुग हुँदा बाध्य भएर खेत नजिकको कालोपत्रेमा सुकाउनु परेको छ ।”

चन्द्रपुर नगरपालिकाको सन्तपुर, बेतौना, मोथियाही, चन्द्रनिगाहपुर, टेकानटोल, बेल्डी, मरधरलगायतका किसानले सडकमै मकै बिस्कुन हालेको देखिन्छ । चन्द्रपुर नगरपालिका–६ मोथियाहीका किसान हरी चौधरीले भन्नुभयो, “एकैसमयमा पाकेको मकै मेशिनको प्रयोग गरी एकैपटक छोडाइन्छ अनि एकै पटक सुकाउनु पर्ने हुन्छ । स्थान अभावले गर्दा सडकको प्रयोग गर्न बाध्य हुन्छौं । सडकमा सुकेको मकै व्यापारीले सडकबाटै खरिद गर्ने भएकोले धेरै झन्झट बेहोर्नु पनि पर्दैन । रात्रीकालीन गस्तीमा निस्केका सुरक्षाकर्मी पनि सडकमा सुकाएको मकैले हैरान भएका छन् । जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले सडक नै ढाक्ने गरी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम अधिक रहने बताउनुहुँदै त्यस प्रकारको कार्य रोक्न स्थानीय निकायले नै पहल गर्नु पर्ने धारणा व्यक्तगर्नु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...