एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद गरिएको छैनः कांग्रेस

Published on

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेकपा ९एमाले०सँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद नभएको बताउनुभएको छ ।

कांग्रेस र एमाले दुई ठुलो पार्टी मिलेर सरकार बनाउनुपर्छ भन्ने आम धारणा बन्न गएको दाबी गर्नुहुँदै उहाँले सो सम्बन्धमा ठोस संवाद भने भई नसकेको प्रष्ट्याउनुभएको हो । बुधबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा प्रमुख सचेतक लेखकले कांग्रेसले तत्काल सत्ता समीकरण भत्काउन खोज्यो भन्ने भनाइ पनि सत्य नभएको जिकिर गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत दिगो विकास, सुशासन, विकास र समृद्धि संविधानमा उल्लेख गरिएकाले त्यसका लागि पनि ठुला दलहरुबिच सहकार्य हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई सरकारमा जाने विषयमा रुपमा चित्रण गर्न नहुने बताउनुभयो । प्रमुख सचेतक लेखकले संविधानमा देखिएको जटिलता र चुनौतीको सामना गर्न पनि ठूला दलहरुबीच संवादको आवश्यकता रहेको औंल्याउनुभयो ।

spot_img

ताजा समाचार

अस्पताल सञ्चालनमा समस्या

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण...

तिमल्सिनाको गजलसङ्ग्रह ‘रहर जिन्दगीको’

काठमाडौं । बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार यस वर्ष गङ्गाप्रसाद अधिकारी खोलाघरे साहिँलोलाई...

बागलुङ कांग्रेसले केन्द्रमा पठायो उम्मेदवार आकाङ्क्षीको नाम

काठमाडौं । नेपाली कांग्रेस बागलुङले क्षेत्रीय समितिबाट सिफारीस भएर आएको उम्मेदवार आकाङ्क्षीहरुको नामावली प्रदेश...

बस्तीबाट अस्फाल्ट प्लान्ट हटाउन माग

काठमाडौं । मानवबस्तीछेउमा अस्फाल्ट प्लान्ट (सडक कालोपत्रे गर्न आवश्यक अलकत्रसँग मिसाएर गिट्टी, बालुवा पकाउने...