करेन्ट लागेर एकको मृत्यु

Published on

काठमाडौं । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे बटेश्वर गाउँपालिका–२, रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले घटनाको पूर्ण विवरण प्राप्त भइ नसकेको बताउँदै वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप(करेन्ट) मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभयो । महतोको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...