मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरीः मन्त्री साह

Published on

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको छ ।

मन्त्री साहले आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी रहेको बताउनुभयो । उहाँले देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाव मिलाउनुहुने लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको पनि जानकारी दिनुभयो । उहाँले लेखा परीक्षकहरुको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रो देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाव मिलाउनुहुने लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ । तपाईंहरुको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको छ । आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी छ । यसबाट बनेको सम्बन्धहरुमा सुदृढ र नविन सम्बन्ध झनै राम्रो वातावरण तयार हुने गरेको छ ।

मन्त्री ज्वालाले कुनैपनि देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसावको खर्चको प्रणालीको पारदर्शीता रहेको बताउनुभयो । देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसबाटै हुने बताउनुभयो । विकास निर्माणको नाममा हुने ठुलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव रहेको उहाँको भनाइ छ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...