रेसुङ्गा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका घोषणा

Published on

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका घोषणा गरिएको छ । रेसुङ्गा नगरपालिका स्थापना दिवसको अवसरमा पोषणमैत्री स्वास्थ्य संस्थायुक्तसँगै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको हो ।

यस नगरपालिकाले स्वास्थ्य क्षेत्रका सबै सूचकहरु पूरा गरेसँगै पोषणमैत्री स्वास्थ्य संस्थायुक्तसँगै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको बताइएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले नगरप्रमुख खिलध्वज पन्थीलाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका बनाउन नगरपालिकाभित्रका १४ वटै वडामा रहेका १६ वटा स्वास्थ्य संस्थाहरुलाई घोषणा गर्दै सिङ्गो नगरपालिकालाई पनि घोषणा गरिएको हो । स्थानीय पोषणयुक्त खाद्यपदार्थ प्रर्दशनसँगै सन्देश मूलक नृत्य गीत समेत प्रस्तुत गरिएको थियो । त्यस अवसरमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका र पूर्ण खोप सुनिश्चितता र दिगोपना नगरपालिका घोषणाले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा फड्को मारेको अपेक्षा लिएको नगरप्रमुख पन्थीले बताउनुभयो । यस जिल्लाका स्थानीय तहले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गर्ने कार्यलाई निकै तीब्र रुपमा अगाडी बढाएका छन् । यसअघि गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका र धुर्कोट गाउँपालिकाले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरिसकेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...