कैलालीमा आजबाट नेपाल–भारत सीमा नाका बन्द हुने

Published on

काठमाडौं । कैलालीमा आज साँझ ६ बजेबाट नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ ।

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते हुने गइरहेको लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरेर मतदान कार्य नहुँदासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न लागिएको हो । निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि भारतीय पक्षले पत्राचार गरेकाले उक्त अवधिभर नेपाल–भारत अन्तर्राष्ट्रिय सबै सीमा नाकाहरू बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

इपिएस सम्झौताको १७ वर्ष : नेपाल बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ...

पुर्ख्यौली पेसा संरक्षणको माग

काठमाडौं । पुर्ख्यौली पेसामा आश्रित कुम्हार समुदायले पेसा संरक्षणका लागि माग गरेका छन् । यो...

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...