हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने प्रक्रिया तत्काल बन्द गर्न माग

Published on

काठमाडौं । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न लागिएको प्रति मकवानपुरका आठ राजनीतिक दलले आपत्ति जनाएका छन् । शनिबार दलहरूले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको निर्णयमा आपत्ति जनाएका हुन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौँडा अस्पताललाई प्रयोगशालाका रुपमा लिइने भनेर गरिएको सहमति गरिएपनि हाल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै सम्पूर्ण सम्पत्ति र स्वामित्व हस्तान्तरण गर्ने गरी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत आरम्भ गरेको प्रक्रिया प्रति राजनीतिक दलले आपत्ति जनाएका हुन् । संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा राज्यको ठुलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक दुई हजारभन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै मास्ने गरी भइरहेको गतिविधिप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भरतप्रसाद पराजुली, जसपा नेपालका अध्यक्ष सोम घलान, राप्रपा नेपालका अध्यक्ष गुरु प्रसाद सापकोटा, राप्रपा उपाध्यक्ष अर्जुन प्रसाद गौतम र नेकपा मकवानपुरका इन्चार्ज वाटर सिद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकारको यस निर्णयमा समर्थन जनाउन नसकिने भन्दै यो प्रक्रिया तत्काल नरोकिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...