रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै

Published on

काठमाडौं । चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न जाने यात्रु तथा पर्यटक आउन थालेपछि रसुवागढी नाकाको चहलपहल बढ्न थालेको छ । ल्हासा घुम्न हिँडेका पर्यटक हेलिकप्टरमा र मानसरोवर जाने तीर्थयात्रुहरु बसद्वारा रसुवागढी पुग्न थालेपछि सुनसान रहेको रसुवागढी तथा घट्टेखोला क्षेत्रमा क्रमशः चहलपहल बढ्दै गएको हो ।

व्यावसायिक क्षेत्रका व्यापारीको आवागमन कमी भइरहेको अवस्थामा मान सरोवरको यात्रा सुरुआतले स्थानीयको व्यापार(व्यवसायमासमेत केही अभिवृद्वि भएको छ । टिमुरेको घट्टेखोलामा रहेको अध्यागमन कार्यालयमा भिसाको अभिलेख राख्नका लागि घुइँचो लाग्न थालेपछि घट्टेखोलाबाट रसुवागढी मितेरी पुलसम्मको करिब एक किलोमिटर क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन् । मानसरोवर यात्राका लागि २५ जना नेपाली त्यसतर्फ प्रस्थान गरिसकेका र ल्हासाको अवलोकन भ्रमणका लागि पाँच सय विदेशी पर्यटक भिसामार्फत रसुवागढी नाकाबाट चीन प्रस्थान गरिसकेका रसुवागढी अध्यागमन कार्यालयका कार्यालय प्रमुख मुरारी निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार ल्हासा भ्रमण गर्न जानेहरुमा भूटान, रसिया, युक्रेन, सर्विया, फेन्स, अमेरिकालगायत विभिन्न देशका नागरिक रहेका छन् । पर्यठकलाई हेलिअल्ट्रिच्युट तथा डानेष्ट्रीलगायत कम्पनीका हेलिकप्टरले रसुवागढीस्थित घट्टेखोला पुर्याएको अध्यागमन कार्यालयले जनाएको छ ।

धार्मिक तथा घुम्ने पर्यटकको यात्रा सहज पार्न भिसा प्राप्त यात्रु तथा पर्यटकलाई तत्काल अध्यागमन कार्यालयले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी अनुमति दिने गरेको प्रमुख निरौलाले जानकारी दिनुभयो । वसन्तऋतुको मध्यदेखि सुरु भएको मानसरोवर तीर्थयात्रा भने शरदऋतुको मध्यसम्म सञ्चालन हुने र भक्तजनको ओहोरदोहोर भइरहने स्थानीयले बताएका छन् । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...