कांग्रेस नेता रेग्मीको निधन

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता खगेन्द्रराज रेग्मीको निधन भएको छ । स्याङ्जा राजनीतिक आन्दोलनका अग्रज व्यक्तित्व रेग्मीको ७५ वर्षको उमेरमा मङ्गलबार मृत्यु भएको हो ।

२००६ साल साउन १५ गते साबिक खिलुङ गाविसको वडा २ र हालको भिरकोट नगरपालिकाका ६ गेझाबासमा जन्मनु भएका रेग्मी लामो समयदेखि बिरामी भई उपचाररत हुनुहुन्थ्यो । स्याङ्जाको कांग्रेस पार्टी र संगठन मजबुत बनाउने एउटा विशिष्ठ व्यक्तित्वको रुपमा रेग्मीलाई चिनिन्छ । २०४८, ०५७ र ०६२ गरी तीन कार्यकाल स्याङ्जा कांग्रेसको सभापति हुनुभएका रेग्मी गजेन्द्र नारायण सिंहको मृत्युपछि राष्ट्रियसभा सांसद समेत हुनुभएको थियोे । रेग्मी नेपालमा प्रजातन्त्र स्थापनाका लागि निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध रक्त हस्ताक्षर गर्ने पाँचजना मध्ये एक जना हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराई पार्टी सभापति रहँदा उहाँले नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सचिवको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।

लामो समय शिक्षण पेसामा रहनुभएका रेग्मीलाइ २०५८ माघ २७ गते माओवादीले गोली हानी घाइते बनाएको थियो । पञ्चायत वरुद्धको आन्दोलनमा राज्य पक्षबाट विभिन्न यातना जेल जिवन समेत बिताउनुभएको कांग्रेस स्याङ्जा सभापति राजु थापाद्वारा जारी प्रेस विज्ञिप्तमा उल्लेख छ । रेग्मीको निधनको शोकमा तीन दिनसम्म पार्टी कार्यालय बन्द, १३ दिन शोक पुस्तिाका राख्ने, कुनै कार्यक्रम नगर्ने र झण्डा झुकाउने विज्ञप्तिमा जनाएको छ । रेग्मीको मृत्युुले काग्रेस पार्टी मात्र नभई स्याङ्जाका सबै राजनीतिक दल लगायत सरोकारवाला सबैलाई मर्माहत भएको माओवादी केन्द्रका इन्चार्ज शैलेन्द्र घिमिरले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...