खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी नियमावली कार्यान्वयन

Published on

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी नियमावली २०८० कार्यान्वयनमा ल्याएको छ । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि त्यसलाई राष्ट्रपतिबाट प्रमाणीकरण गराई कार्यान्वयनमा ल्याएको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी यो नियमावली बनाएर कार्यान्वयनमा ल्याएको हो ।  नियमावलीले खाद्य सुरक्षा, भोकमरी नियन्त्रण, लक्षित घरपरिवारलाई खाद्यको व्यवस्था तथा किसान सुरक्षाको विषयमा विशेष जोड दिएको छ । स्थानीय तहले नियमावलीले तोकेबमोजिम ढाँचामा सर्वेक्षण गरी लक्षित घरपरिवार पहिचान गरेर पहिचानपत्र दिएर मात्र खाद्यान्नको व्यवस्था गरिने भनिएको छ ।  खाद्य सहायता परिचयपत्र प्राप्त देहायको कुनै आवस्थाका घरपरिवारलाई सम्बन्धित स्थानीय तहले खास प्रकृतिका लक्षित घरपरिवारको सिफारिस गर्न सक्ने नियमावलीले जनाएको छ । परिचयपत्र पाएकालाई निःशुल्क खाद्य उपलब्ध गराउनुपर्ने नियमावलीले जनाएको छ । 

खाद्य सहायता उपलब्ध गराउँदा त्यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने भनेको छ । नियमावलीमा उल्लेख भए अनुसार पोषकतत्व हुनुपर्ने भनिएको छ । प्रत्येक स्थानीय तहले खाद्य तथा पोषणको प्रबन्ध गर्ने प्रयोजनका लागि स्थानीयस्तरमा उत्पादित स्थानीय उपभोगभन्दा बढी हुने खाद्य पदार्थ उत्पादनकर्ताबाट खरिद गरी सञ्चित गर्न सकिने भनिएको छ । स्थानीय तहमा उत्पादन हुने परम्परागत खाद्य पदार्थ तथा खाद्य उपयोगको परम्परागत ज्ञानबारेमा कृषि मन्त्रालय तथा प्रदेश सरकारको सहयोगमा खोज तथा अनुसन्धान गरी प्रवर्धन गर्नुपर्ने नियमावलीमा उल्लेख छ । त्यसैगरी सरकारले सम्बन्धित बालीको फसल तयार हुनुभन्दा कम्तीमा दुई महिनाअगाडि धान, गहुँ, मकै, कोदो, मसुरो तथा अन्य बालीको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने भनिएको छ ।  त्यसै गरी किसानको सूचीकृत गरी त्यसको वर्गीकरण गरेर परिचयपत्र दिनु पर्छ । त्यो परिचयपत्रका आधारमा किसानलाई सहुलियत तथा सेवासुविधा दिनुपर्ने भनिएको छ । तीन वटै तहका सरकारले दलित, लोपोन्मुख, आदिवासी किसान वा भूमिहीन किसानको हकहितको संरक्षणका लक्षित कृषि विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने नियमावलीमा उल्लेख छ । 

कृषि उत्पादन वा कृषि बालीको हानी नोक्सानीविरुद्ध किसानलाई क्षतिपूर्ति दिनका लागि कृषि बिमाको व्यवस्था गर्नुपर्ने भनिएको छ । स्थानीय तहले खाद्य तथा पोषण सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने नियमावलीमा भनिएको छ । खाद्य सुरक्षा सूचना संयन्त्रको स्थापना र सञ्चालन गर्नुका साथै जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउने कुरामा पनि जोड दिएको छ । भोकमरीमा परेका वा जोखिममा रहेका परिवार तथा समुदायका बारेमा जानकारी पाउनेबित्तिकै स्थानीय तहले त्यसको नियन्त्रण तथा रोकथाम गर्नुपर्ने नियमावलीले भनेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...