क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसामुक्त प्रवेश अनुमति

Published on

काठमाडौं । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसामुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ ।

राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त पर्यटक समूहहरूले साङ्घाई, तियान्जिन, ग्वाङ्झाउ, सान्या लगायत १३ वटा चिनियाँ सहरका बन्दरगाहमार्फत बिना भिसा चीन प्रवेश गर्न सक्नेछन् । चीनको बसाइमा १५ दिन रहने पर्यटकहरू त्यहाँ हुँदा, तिनीहरूले तटीय प्रान्तहरू, नगरपालिकाहरू र स्वायत्त क्षेत्रहरू साथै बेइजिङ भ्रमण गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यसैगरी, सात क्रुज पोर्टहरू, डालियान, लियानयुङ्गाङ, वेनझोउ, झोउसान, ग्वान्झाउ, शेन्जेन र बेइहाईमा ५४ देशका नागरिकहरूका लागि भिसामुक्त ट्रान्जिट पोर्टका रूपमा तोकिएको छ । यस कदमले चीनको भिसामुक्त पारवहन नीतिअन्तर्गत क्रुज जहाजमार्फत बन्दरगाहहरूबाट विदेशी यात्रुहरूको पारवहन र प्रस्थानलाई सहज बनाउनेछ । रासस\सिन्ह्वा

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...